सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः सिलगढ़ी युनाइटेड एफसी अघिल्लो राउण्डमा

३१ जुलाईः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा आइतवार भएको म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले जीत हासिल गऱ्यो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा सिलगढ़ी युनाइटेड एफसी-ले सिक्किम हिमालयन स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट युवा स्ट्राईकर सौरभ तामाङले २ गोल गरे। यसरी नै हिमालयन एससी-बाट उत्तम राईले एक गोल गरे।

टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement