जहीर खानलाई हेरेर धेरै कुरा सिक्ने प्रयास गरेः एण्डरसन

IMG-20240229-WA0156.jpg

नयाँ दिल्ली: ईंग्ल्याण्डका दिग्गज पेस बलर जेम्स एण्डरसन आफ्नो असाधारण फिटनेसको दममा ४१ सालको उमेरमा पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् अनि अहिले उनी ७०० टेस्ट क्रिकेट हासिल गर्ने विश्वका पहिलो पेस बलर बन्नदेखि केवल दुई विकेट टाढ़ा रहेका छन्। उनको नाममा लगभग १ हजार अन्तर्राष्ट्रिय विकेट रहेको छ। अहिले केवल दुईजना महान स्पिनर मुथैया मुरलीधरन र शेन वार्नको नाममा ७०० भन्दा अधिक टेस्ट विकेट रहेको छ। यसबीच एण्डरसनले पूर्व भारतीय पेस बलर जहीर खानबारे प्रशंसाका शब्दहरू भनेका छन्। एण्डरसनले भने, मैले जहीर खानलाई धेरैपल्ट खेलिरहेको हेरेको छु अनि उनीबाट सिक्ने प्रयास गरेको छु। रिभर्स स्विंग प्रयोग गर्ने तरिकादेखि लिएर बलिंग गर्न दौड़िँदा बललाई लुकाउने कलासम्म मैले उनीसँग खेल्दा सिक्ने प्रयास गरेको छु।
भारतका सर्वश्रेष्ठ पेस बलरहरूमा एक जहीरले आफ्नो अन्तिम टेस्ट म्याच २०१४-मा खेल्दा एण्डरसन आफ्नो खेलको शीर्षमा रहेका थिए। वर्तमान भारतीय पेस बलरहरूमा एण्डरसन जसप्रीत बुमराहको क्षमतासँग अधिक प्रभावित छन्। ईंग्ल्याण्ड विरुद्ध दोस्रो टेस्टमा बुमराहको म्याच जिताउने प्रदर्शनबारे प्रश्न गरिँदा एण्डरसनले भने, उनी जस्ता स्तरीय बलरबाट यस्तै प्रदर्शनको आशा गर्न सकिन्छ। भारतीय पीचहरूमा रिभर्स स्विंग उपयोगी साबित हुने सबैलाई थाहा छ अनि उनले यस कलालाई असाधारण तरिकाले प्रयोगमा ल्याएका छन्। उनले तेज गतिमा सटीकताको साथ बलिंग गर्छन्। उनको बलिंगमा गजबको निरन्तरता रहेको छ। उनीसँग घातक यर्कर पनि छ। उनले ओली पोपलाई कसरी आउट गरे भन्ने हामी सबैले देख्यौं। उनी त्यसै विश्वका एक नम्बर बलर होइनन्। उनी विश्व स्तरीय बलर हुन् अनि हामी उनको यस्तो प्रदर्शनले आश्चर्यचकित छैनौं।
ईंग्ल्याण्डका अनुभवी पेस बलरले भने, बुमराह, (मोहम्मद) शमी र (मोहम्मद) सिराजको साथ अहिले भारतको पेस आक्रमण विश्व स्तरीय रहेको छ। ईशान्त शर्मा पनि यसै श्रेणीका बलर हुन्। उल्लेखनीय छ, क्रिकेटमा एण्डरसनको अनुभवको अन्दाज यस कुराबाट पनि लगाउन सकिन्छ कि एण्डरसनले २००२-मा टेस्ट पदार्पण गर्दा ईंग्ल्याण्डको वर्तमान टीममा रहने उनका साथी खेलाड़ीहरू शोएब बशीर र रेहान अहमदको त जन्म पनि भएको थिएन। एण्डरसनले गत २२ सालमा १८६ वटा टेस्ट र १९४ वटा वनडे इण्टरनेशनल म्याच खेलेका छन्। एण्डरनले भने, मलाई आफू ४१ वर्षको भएको जस्तो लाग्दैन। उमेर त केवल एउटा आँकड़ा हो। म अहिले पनि युवा अनुभव गर्छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement