नयाँ दिल्ली: खेलाड़ीहरूका कार्यभार प्रबन्धन नीतिअन्तर्गत भारतीय पेस बलर जसप्रीत बुमराहलाई राँचीमा ईंग्ल्याण्ड विरुद्ध खेलिएको चौथो टेस्ट म्याचमा ब्रेक दिइएको थियो। बीसीसीआई सूत्रबाट थाहालागे अनुसार, बुमराह सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याचको निम्ति धर्मशालामा फर्किनेछन् तर अन्य खेलाड़ीहरूका कार्यभार प्रबन्धन गर्न टीम म्यानेजमेण्टले प्रथम एकादशमा फेरबदल गर्ने सम्भावना रहेको छ। ब्याटको साथ लगातार खराब प्रदर्शनपछि पनि रजत पाटीदारले प्रथम एकादशमा पाउन सक्छन्। केएल राहुललाई उपचारको निम्ति लण्डन पठाइएको छ अनि उनले पाँचौं टेस्ट म्याचमा पनि नखेल्ने लगभग तय छ। यस्तो स्थितिमा देवदत्त पडिक्कलले टेस्ट पदार्पण (डेब्यू) गर्न सक्छन्। उनले चौधो नम्बरमा ब्याटिंग गर्न सक्छन्। टीम म्यानेजमेण्टले फर्ममा रहने ब्याटरहरूमा कसलाई ब्रेक दिनेछन् भन्ने चाहिँ अहिलेसम्म स्पष्ट्र भएको छैन। बलरहरूमा पनि एकजनाले ब्रेक पाउन सक्छन्। धर्मशालाको पीच पेस बलरहरूका अनुकूल रहने सम्भावना छ। यसैकारण रविचन्द्रन अश्विन, रविन्द्र जडेजा या कुलदीप यादवमा एकजनाले विश्राम पाउन सक्छन्। यसबीच राँची टेस्ट म्याच चौथो दिन मै समाप्त भएपछि भारतीय खेलाड़ीहरू आ-आफ्नो घर फर्किएका छन् तर बीसीसीआईले उनीहरूलाई २ मार्चमा चण्डीगढ़मा एकत्रित हुने निर्देश दिएको छ। ईंग्ल्याण्डका खेलाड़ीहरूलाई पनि यही सूचना दिइएको छ कारण दुवै टीमले ३ मार्चमा चार्टर्ड विमानद्वारा धर्मशाला प्रस्थान गर्नेछ। पाँचौं टेस्ट म्याच ७ मार्चदेखि शुरु हुनेछ।