सिक्किम: सिक्किम राज्य व्याङ्कमा महिलाहरूको संख्यामा वृद्धि भएको मुख्यमन्त्री मन्तव्य

IMG-20240228-WA0200.jpg

गान्तोक: सिक्किम राज्य व्याङ्कमा अहिले महिलाहरुको संख्या बेसी देखिन्दै छ।यो आंकडा स्टेट व्याङ्क अफ् सिक्किममा अधिकतर महिलाहरु ‘आमा योजना’-बाट लाभान्वित बनेकाहरु व्याङ्कमा चेक डिपोजिट गर्न आउनेहरुको आंकडा हो। सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले गत २६ फरवरीदेखि जन भरोसा सम्मेलनमार्फत विभिन्न कल्याणकारी योजना अन्तर्गत आम जनतालाई सहुलियतहरुको वितरण शुरु गरेको छ। फलस्वरूप, विभिन्न योजनाबाट चेक पाएका लाभार्थीहरु स्टेट व्याङ्क अफ् सिक्किमको शाखामा चेक जम्मा गर्न घुइँचो देखा परिरहेको छ। विषेश गरि सिक्किमेली गरीब आमाहरुलाई आर्थिक रूपमा सशक्त बनाउन सरकारले ‘आमा योजना’ शुरू गरेको हो। यस योजना अन्तर्गत प्रत्येक समष्ठीमा एक हजार आमाहरु यो योजनाबाट लाभान्वित बनेका छन्। सरकारले जन भरोसा सम्मेलनमार्फत आमाहरूलाई पहिलो किस्तामा २० हजारको चेक प्रदान गरेको छ भने दोस्रो किस्तामा २० हजार रुपियाँ गरेर कूल ४० हजार रुपियाँ गरीब आमाहरुले प्राप्त गर्नेछ। सिक्किमे गरीब आमाहरुलाई आर्थिक रूपमा सशक्त बनाउन थालिएको यस योजनाको चौतर्फी सराहना भइरहेको छ। अहिले व्याङ्कमा पुरुषको अनुपातमा महिलाहरुको भीड ज्यादा देखिएको मुख्यमन्त्रीले दावी गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *