केरल विरुद्ध हारको साथ अरुणाचल प्रदेशको क्वार्टर फाइनलमा पुग्ने सम्भावना समाप्त

IMG-20240228-WA0197.jpg

ईटानगर: केरलले बुधवार गोल्डन जुब्ली स्टेडियममा सन्तोष ट्रफी फूटबल टुर्नामेण्ट २०२३-२४-को म्याचमा अरुणाचल प्रदेशलाई २-०-ले पराजित गऱ्यो। यस हारको साथै अरुणाचल प्रदेशको क्वार्टर फाइनलमा पुग्ने सम्भावना पनि समाप्त भयो। फरवर्ड मुहम्मद आशिक एस र स्थानापन्न (सब्स्टीट्यूड) खेलाड़ी अर्जुन भी-ले प्रत्येक हाफमा गोल गरी केरललाई जीत दिलाए। यस जीतको साथै २०२१-२२ सत्रको सन्तोष ट्रफी च्याम्पियनले नक्आउट चरणमा स्थान बनाउने आफ्नो बाटोलाई फराकिलो बनायो। केरलसँग अहिले ४ वटा म्याचमा ७ पोइण्ट्स रहेको छ। यसरी अरुणाचल प्रदेशले ४ वटा म्याचमा १ पोइण्ट मात्र अर्जित गऱ्यो। क्वार्टर फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्न जित्नै पर्ने यस म्याचमा अरुणाचल प्रदेशको टीमले जोशको साथ खेल शुरु गरेको थियो तर केरलका खेलाड़ीहरूले पनि प्राप्त भएको मौकाहरूलाई काममा लगाएर स्थानीय दर्शकहरूका जोशलाई शान्त गरे। आशिकले ३५औं मिनटमा केरलको निम्ति गोलको खाता खोले। त्यसपछि अर्जुन भी-ले ५२औं मिनटमा अझ एक गोल गरी केरलको जीत सुनिश्चित गरे। यसबीच अन्य एउटा म्याचमा सर्विसेजले असमलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट थिंगनम बिध्यासागर सिंहले ४४औं र पी क्रिस्टोफर कामेईले ५०औं मिनटमा गोल गरे। यस जीतपछि सर्विसेजको ४ वटा म्याचमा ९ पोइण्ट्स पुग्यो अनि टीम क्वार्टर फाइनलको संघारमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *