बीसीसीआई-को केन्द्रीय अनुबन्धबाट श्रेयस अय्यर र ईशान किशन बाहिर

IMG-20240228-WA0193.jpg

नयाँ दिल्ली: धर्मशालामा ईंग्ल्याण्ड विरुद्ध पाँचौं टेस्ट म्याच अघि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) -ले बुधवार खेलाड़ीहरूका वार्षिक केन्द्रीय अनुबन्धको सूची जारी गऱ्यो। साल २०२३-२४-को निम्ति जारी गरिएको सूचीमा श्रेयस अय्यर र ईशान किशनको नाम छैन। यी दुईजनाले राष्ट्रिय टीममा नरहँदा पनि घरेलु क्रिकेटमा हिस्सा लिएका थिएनन्। यसैकारण बोर्ड रिसाएको थियो अनि त्यसको असर अहिले अनुबन्ध सूचीमा देख्न पाइएको छ। देब्रे हातका ब्याटर रिंकू सिंहलाई ग्रेड सी-मा स्थान प्राप्त भएको छ। ए प्लस ग्रेडमा कप्तान रोहित शर्माको साथमा विराट कोहली, जसप्रीत बुमराह र रविन्द्र जडेजा रहेका छन्। बीसीसीआई-ले यस साल ३० जना खेलाड़ीलाई अनुबन्ध दिएको छ। यो एक अक्टोबर २००३-देखि ३० सेप्टेम्बर २०२४-सम्म लागू रहनेछ। बोर्डले यसपाली पेस बलरहरूलाई अलग बलिंग अनुबन्ध पनि दिएको छ जसमा आकाश दीप, विजयकुमार वैश्यक, उमरान मलिक, यश दयाल र विद्वथ कावेरप्पालाई स्थान दिइएको छ।
बीसीसीआई-ले ग्रेड ए प्लसमा सामेल खेलाड़ीहरूलाई वार्षिक ७ करोड़ रुपियाँ भुक्तान गर्छ। यसरी ग्रेड ए-मा रहनेहरूलाई ५ करोड़ र ग्रेड बी-मा रहने खेलाड़ीहरूलाई ३ करोड़ रुपियाँ गरेर प्राप्त हुन्छ। यसरी ग्रेड सी-मा सामेल खेलाड़ीहरूलाई वार्षिक एक करोड़ रुपियाँ गरेर दिइन्छ। यसबाहेक जुन खेलाड़ीले यस अवधि भित्र न्यूनतम तीनवटा टेस्ट या आठवटा वनडे या दशवटा टी२० म्याच खेल्ने मानदण्डलाई पूरा गर्छ, त्यस खेलाडीलाई स्वचालित रूपले आनुपातिक आधारमा ग्रेड सी-मा सामेल गरिनेछ। ध्रुव जुरेल र सरफराज खानले अहिलेसम्म दुईवटा टेस्ट म्याच खेलिसकेका छन् अनि अब ईंग्ल्याण्ड विरुद्ध सीरीजको अन्तिम टेस्टमा पनि हिस्सा लिए यी दुईलाई ग्रेड सी-मा सामेल गरिनेछ।
ग्रेड ए प्लसः रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रविन्द्र जडेजा
ग्रेड एः रविचन्द्रन अश्विन, मोहम्मद शमी, मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्ड्या
ग्रेड बीः सूर्यकुमार यादव, रिषभ पन्त, कुलदीप यादव, अक्षर पटेल र यशस्वी जयसवाल
ग्रेड सीः रिंकू सिंह, तिलक वर्मा, रुतुराज गायकवाड़, शार्दुल ठाकुर, शिवम दुबे, रवि बिश्नोई, जितेश शर्मा, वाशिंगटन सुन्दर, मुकेश कुमार, सञ्जु सेमसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्णा, आवेश खान र रजत पाटीदार

About Author

Advertisement