सिक्किम: सरमसा र पाकिममा जन भरोसा सम्मेलन सम्पन्न

गान्तोक: गान्तोक, मंगन अनि पाकिम जिल्लाको विभिन्न समस्ठीलाई लिएर पाकिम जिल्ला अन्तर्गत दुईवटा स्थानमा जन भरोसा सम्मेलन आयोजना भयो। गान्तोक, मंगनका विभिन्न समष्टीका जनतालाई लिएर सरमसामा अनि पाकिम जिल्लाको निम्ति सन्त जेभियर्स विद्यालयको खेल मैदानमा जन भरोसा सम्मेलन आयोजन भयो। यी दुई ठाउँमा आयोजित सम्मेलनमा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए। मुख्यमन्त्री तामाङले जनतालाई सरकारबाट प्राप्त हुने विभिन्न योजना अनि सहुलियतहरुको एलोटमेन्ट पत्र हस्तान्तरण गरे। यसमा आमा सशक्तिकरण योजना, आमा सहयोग योजना, घर मर्मती, इन्भर्टर, जीसीआई सीट, जमीनको पर्चा, सिक्किम गरीब आवास योजना, सिक्किम शहरी आवास योजना लगायत अन्य योजनाहरू सामेल रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले एक घर एक योजना अनुरुप काम गरिरहेको बताए। प्रत्येक घरलाई आवश्यकता अनुसारको सहुलियत दिइरहेको उनले दावी गरे। यो कार्यक्रमबाट सरकारले जनतालाई अनि जनताले सरकारलाई भरोसा गर्ने अवसर प्राप्त भएको उनले अवगत गराए। उनले थप भने ‘सरकारबाट प्राप्त हुने सबै सुविधाहरु जनतालाई घरमा नै पुऱ्याउने उद्देश्यले जन भरोसा सम्मेलन आयोजन गरिएको हो, विपक्षले भने झै यो जनता मेला पटक्कै होइन। अहिले सामाजिक सञ्जालमा विभिन्न कुरा गर्ने विपक्षी दलका प्रवक्ताले उनको सरकार हुँदा के गरिरहेको थियो हेर्नुपर्छ। यो नितान्त जनताले पाउने अधिकार हामीले जनतालाई घरमा नै पुऱ्याउने सरकारले शुरू गरेको एक अभियान हो। पूर्व सरकारले यसलाई विकास भन्ने गर्दथ्यो तर वर्तमान सरकारले सहुलियत अनि विकासलाई भिन्ने दृष्टिले हेर्ने गरेको अवगत गराए। यस सहुलियतको निम्ति कुनै कारणले कसैको नाम छुट्यो भने ढुक्क हुने पनि आग्रह गर्दै जसको नाम छुटेको छ उनीहरूको नाम पञ्जीकरण गर्ने मुख्यमन्त्रीले पार्टीका कार्यकर्ताहरुलाई आदेश दिए।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गरीबलाई हेर्ने सरकार हो। सरकारले चार्टर गरेर पनि स्वास्थ्य उपचारको निम्ति काम गरेको छ उनले बताए। सरकारले गरीबको नानीलाई कसरी उच्च शिक्षा दिनु त्यसमा केन्द्रित छ तर पूर्व मुख्यमन्त्रीले गरिबको कोटामा आफ्नो नानीलाई कसरी पढाउनु भन्नेमा थियो भन्ने बताउँदै उसले पदकोमा अरिस होइन तर गरीबको कोटा खाएकोमा हामीलाई आपत्ति रहेको बताए। यो सम्मेलन जनताले सरकारलाई अनि सरकारले जनतालाई भरोसा गर्ने सम्मेलन रहेको बताए। सिक्किमे जनताको हितमा आफूले गर्ने सबै काम समाप्त गरिसकेको अब जनता अनि कार्यकर्ताहरुको काम आइसकेको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *