सिक्किम: सिक्किममा राष्ट्रपति शासनको माग गर्दै एसडीएफले लेख्यो ईसीआईलाई पत्र

img-20230528-wa0320-5-300x172-3755807789096742254.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सिक्किममा राष्ट्रपति शासन लागू गर्नुपर्ने माग गरेको छ। एसडीएफले राज्यमा राष्ट्रपति शासनको माग गर्दै भारतको निर्वाचन आयोग (ईसीआई) मा ज्ञापन पत्र बुझाएको छ।

पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले हस्ताक्षर गरेको ज्ञापन पत्रमा आगामी लोकसभा र विधानसभा चुनाउलाई ध्यानमा राख्दै राज्यमा राष्ट्रपति शासन लागू गरियोस् भनी माग गरिएको छ। एसडीएफ अध्यक्ष चामलिङले आफ्नो पत्रमा सत्तारूढ़ एसकेएम पार्टीमाथि राज्यमा हिंसा फैलाएर अशान्ति फैलाउने काम गरिरहेको आरोप लगाएका छन्।

उनले सरकार र प्रशासनले पनि एसकेएम कार्यकर्ताहरूलाई नै समर्थन गरिरहेको पनि ज्ञापन पत्रमा आरोप लगाएका छन्। उनले एसडीएफ पार्टीका कार्यकर्ताहरूमाथि भइरहेका हमलाहरूको जानकारी सिक्किमका राज्यपाललाई पनि बारम्बार गराइरहेको जनाएका छन्। उनले राज्यमा तत्काल राष्ट्रिपति शासन लागू गरेर आगामी चुनाउमा जनतालाई आफुले चाहेको सरकार चयन गर्न दिनुपर्छ भनी बताएका छन्।

उनले एसडीएफ पार्टी भारतको निर्वाचन आयोगद्वारा मान्यताप्राप्त पार्टी भएको नातामा निर्वाचन क्षेत्रका प्रत्येक जनतासम्म पुग्नु पाउनुपर्छ भनेका छन्। एसकेएम पार्टीले हिंसाको बलमा यो अधिकार खोस्न नपाउने पनि उनले उल्लेख गरेका छन्। उनले शान्त सिक्किमलाई अशान्त भएको हेर्न चाहॅंदैनौं भनी ज्ञापन पत्रमा बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *