लायन्स क्लब अफ जयगाउँ शिवालिकको नयॉं कार्यकारिणी सदस्यहरूको शपथ ग्रहण

कालचिनी: जयगाउँ तेरापन्थ भवनमा आज लायन्स क्लब अफ जयगाउँ शिवालिकको शपथ ग्रहण समारोह सम्पन्न भएको जानकारी नवनिर्वाचित सभापति सम्राट मुखर्जीले दिएका छन्| आज उक्त शपथ ग्रहण समारोहमा मुख्य अतिथिको रुपमा लायन एमसीसी शंकरकुमार दास, लायन सीए हेमन्तकुमार अग्रवाल, भाइस डिस्ट्रिक्ट गभर्नर दीपक अग्रवाल, पीजीडी केदार गजमेर र जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा एवम् अन्यान्यको उपस्थिति रहेको थियो|
सभामा अतिथिहरूलाई सम्मान पश्चात लायन्स क्लब अफ जयगाउँ शिवालिकको नयॉं सभापति सम्राट मुखर्जी, सचिव राजीव गुप्ता र कोषाध्यक्षमा सीए कुलदीप गोयललाई शपथ ग्रहण गराइएको थियो भने सभामा पुर्व पदाधिकारीहरू पासाङ लामा, सञ्चय अग्रवाल, विनोद अग्रवाल, सुमन प्रसाद श्रीवास्तव, अंकित अग्रवाल, सुनिल मोड़ा शशी जैन आदिले वक्तव्य राखेको थियो|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement