गुजरात: गुजरातको समुन्द्र तट नजिकबाट २००० करोडको ३३०० किलो लागुऔषध बरामद, ५ संदिग्ध पाकिस्तानी पक्राउ

3300-kg-drugs

अहमदाबाद: भारतीय नौसेनाले गुजरातको तट नजिकै एउटा डुङ्गामा ल्याइएको करिब ३३०० केजी लागुऔषध नियन्त्रणमा लिएको छ। भारतीय उपमहाद्वीपमा समुद्रको बीचबाट समातिएको लागुऔषधको यो सबैभन्दा ठूलो खेप हो। अन्तर्राष्ट्रिय बजारमा यो औषधिको मूल्य करिब दुई हजार करोड रुपियाँ रहेको बताइएको छ। नौसेनाले गुजरातको एन्टी टेररिस्ट स्क्वाड (एटीएस) र नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को सहयोगमा यो अभियान पूरा गरेको हो। यो डुङ्गाबाट पाँच जनालाई पक्राउ गरिएको छ, उनीहरु पाकिस्तानी भएको आशंका गरिएको छ। ‘नौसेनाले नार्कोटिक्स कन्ट्रोल ब्यूरोसँगको सहकार्यमा ३२७२ केजी प्रतिबन्धित लागूऔषध (३०८९ केजी चरेस, १५८ केजी मेथाम्फेटामाइन र २५ केजी मोर्फिन) बोकेको एउटा संदिग्ध डुङ्गालाई नियन्त्रणमा लिएको छ’, नौसेनाले ट्वीटरमा भन्यो। पछिल्लो समय परिमाणका हिसाबले यो सबैभन्दा ठूलो लागुऔषध बरामद होl’

नौसेनाका अनुसार, उसको एक समुद्री टोही विमानले यो डुङ्गाको बारेमा गुप्तचर दिएको थियो। त्यसपछि यस क्षेत्रमा गस्ती गरिरहेको आफ्नो एउटा जहाजलाई यस डुङ्गातर्फ पठाइएको थियो र डुङ्गा भारतीय क्षेत्रीय जलक्षेत्रमा प्रवेश गरेपछि नियन्त्रणमा लिइएको थियो। उसलाई पक्राउ गर्न एनसीबी र एटिएसको सहयोग लिइएको नौसेनाले जनाएको छ। उनीहरुबाट बरामद लागुऔषध भारतीय बन्दरगाहमा ल्याई सुरक्षा निकायलाई बुझाइएको छ। उक्त डुङ्गाबाट बरामद लागुऔषधमा ‘मेड इन पाकिस्तान’ लेखिएको थियो। यस्तो अवस्थामा छिमेकी राष्ट्रले यो लागुऔषधको खेप समुन्द्री बाटोबाट यहाँ पठाउने प्रयास गरेको बताइएको छ। यससँगै यो डुंगाबाट पाँच जनालाई पनि पक्राउ गरिएको छ। उनीहरु पनि पाकिस्तानी नागरिक भएको आशंका गरिएको छ। उनीहरुलाई पक्राउ गरी २७ फरवरीमा पोरबन्दर ल्याइएको थियो। यो औषधि कसले पठायो र भारत आएपछि कसले सहयोग गर्‍यो भन्नेबारे सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ। यो डुङ्गा र यसबाट पक्राउ परेका पाँच जनाको बारेमा पनि सुरक्षा निकायले जानकारी संकलन गरिरहेको छ। गृहमन्त्री अमित शाहले यो सफलतामा नौसेना, एनसीबी र गुजरात एटीएसलाई बधाई दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *