सिक्किम: मुख्यमन्त्रीद्वारा उद्घाटन गरिने तीनवटा पूर्वाधारलाई लिएर निरीक्षण

n5872616341709136288567dfe34996ac3e750638843f957f72ead69405c5513f1c432bc3e08cf088e3885a.jpg

गान्तोक: आगामी ८ मार्चको दिन राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको गेजिङ र याङथाङ भ्रमणको तयारीलाई लिएर आज विभिन्न विभागका प्रतिनिधिहरूले कार्यक्रम स्थलको निरीक्षण गरे। निरीक्षणको क्रममा शिक्षा विभागका सल्लाहकार मोहन फुरूङबो, अल सिक्किम कन्ट्रेक्टर एसोसिएशनका अध्यक्ष एनबी दाहाल लगायत अन्यहरू पनि सामेल रहेका थिए। निरीक्षण गरिनुको प्रमुख लक्ष्य र उद्देश्य भनेको ८ मार्चको दिन मुख्यमन्त्री तामाङले उक्त क्षेत्रमा तीनवटा महत्वपूर्ण पूर्वधारको उदघाटन गर्ने भएकोले यसको तयारीबारे जानकारी लिनु रहेको छ।

शिक्षा विभागका सल्लाहकारको मार्ग निर्देशमा गेजिङमा निर्माण गरिएको सञ्चमान लिम्बु डिग्री कलेजको निरीक्षण गर्दै उक्त कलेजलाई चाहिने आवश्यक शैक्षिक पुर्वधार जस्तै पार्किङ सुविधा,जनभेलाको निम्ति स्थान लगायत अन्यबारे जानकारी लिएको छ। यसरी नै टोलीले क्योङसामा निर्मित स्टेडियम, इन्डोर हल,ताइक्वाण्डो हल,बक्सिङ रिङ, जिम्नेजियम हल साथै गेजिङ बजार पुलिस थानाको पनि निरीक्षण गरेको जानकारी गराइएको छ।

निरीक्षणको क्रममा, आगामी 8 मार्चको दिन उद्घाटन समारोहको तयारी र थाँतीमा रहेका कामहरू शीघ्र पुरा गर्नुपर्ने निर्देश दिएको छ। उक्त कार्यक्रममा बस्ने व्यवस्था, मञ्च सजावट लगायत अन्य विषयमा पनि जानकारी लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement