सिक्किम: राज्यका मुख्य चुनाउ अधिकारीले गरे राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक

IMG-20240228-WA0202.jpg

गान्तोक: राज्यका मुख्य चुनाउ अधिकारी डी. आन्नदनले आज राज्यका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर बैठक आयोजना गरे। चुनाउ विभागको प्रेक्षागृहमा आयोजित बैठकमा राज्यका सबै विपक्षी दलका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

यस बैठक आयोजना गरिनुको मुख्य उद्देश्य आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति भारतीय निर्वाचन आयोगले हालसम्म गरेको तयारीका बारेमा राजनीतिक दलहरुलाई जानकारी गराउनु र हरेक चरणमा पारदर्शिता सुनिश्चित गर्नु रहेको थियो।

सभालाई सम्बोधन गर्दै मुख्य चुनाउ अधिकारी डी. आन्नदनले राजनीतिक दलका प्रतिनिधिलाई अहिले भइरहेको मतदाता नामावलीको निरन्तर अध्यावधिकको बारेमा जानकारी गराए। उनले मतदाता नामावलीमा नाम समावेश, मेटाउने, सच्याउन र सार्नका लागि निरन्तर अपडेट अन्तर्गत हालसम्म प्राप्त फारम ६, ७ र ८ को विवरण दिए।

यी परिमार्जनहरू समेटेर २०२४ को आम चुनाउ घोषणापछि प्रकाशित हुने अन्तिम मतदाता नामावली नै मतदानका लागि प्रयोग गरिने उनले अवगत गराए। त्यसपछि उनले राजनीतिक दलका प्रतिनिधिहरूलाई भारतीय निर्वाचन आयोगले जारी गरेको सूचनाका साझा गरे, जसमा एकल संसदीय निर्वाचन क्षेत्र र सिक्किमको 32 विधानसभा निर्वाचन क्षेत्रहरूका लागि रिटर्निंग अधिकारी र सहायक रिटर्निंग अधिकारीहरू नियुक्त गरिएको थियो।

निर्वाचन आयोगले स्वीकृत गरेको राजनीतिक दलहरूसँगको परामर्शमा मतदाताहरूको सुविधाका लागि केही मतदान केन्द्रको स्थानमा परिवर्तन गरिएको छ। उनले निर्वाचनको घोषणापछि मतदान केन्द्रको अन्तिम नामावली जिल्ला चुनाउ अधिकारीले घोषणा गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement