असम: एसएसबीले पेट्रोल एवं डिजल समेत मारूति सुजुकी वाहनलाई गर्यो जफत

3567029-.webp

कोक्राझार: सशस्त्र सीमा बल (एसएसबी) को छैटौं वाहिनीले आज भारत-भुटान सीमावर्ती क्षेत्रमा अभियान चलाउँदै तस्करी गरी ल्याइएको पेट्रोल र डिजल सहित मारूती कारलाई पनि जफत गर्यो।
एसएसबी सूत्रले बताएको छ, एसएसबीको छैटौं वाहिनीको सीमा चौकी दादगिरीले गुप्त सूचनाको आधारमा अन्तरराष्ट्रिय भारत-भुटान सीमा स्तम्भ संख्या-१६९/५ देखि२ .५ किमी भारत तर्फ देवदांगी नजिक वाहन जाँच अवधि एउटा मारूती सुजुकी (एएस-२६बी-२०९७)-लाई सन्देहको आधारमा रोकेर वाहन चालकसित जाँचबुझ गर्यो। स्पष्ट जानकारी एवं कागजपत्र नपाइएपछि वाहनको जाँच गरियो जसमा भुटानबाट अवैध रूपमा ल्याइएको पेट्रोल र डिजल भेटियो। त्यसपछि पेट्रोल-डिजलसितै चालकलाई पक्राउ गरियो। जफत गरिएको अवैध पेट्रोल, डिजल, वाहन सहित संदिग्ध व्यक्तिलाई ल्याण्ड कस्टम अफिस हातीचरलाई अग्रिम कारबाहीको निम्ति सुम्पिइयो। पुलिसले यस मामिलामा प्राथमिकी दर्ता गरी जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *