बंगाल: प्रधानाध्यापकको सरुवा भएको खबर सुनेर बालबालिकाहरु रुवाबासी

img-20230528-wa0320-5-300x172-3755807789096742254.jpg

खोरीबारी: विद्यालयका प्रधानाध्यापकको सरुवा भएको खबर सुन्ने बित्तिकै विद्यार्थीहरु रुन थाले। यो घटना खोरीबारीको टोपर सिंह प्राथमिक विद्यालयको हो। पियाली दत्तले तोपर सिंह प्राथमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएको बताइएको छ। यसैबीच अर्को विद्यालयमा सरुवा गर्ने आदेश आयो। बुधबार यो खबर सुनेपछि विद्यार्थीहरूले प्रधानाध्यापकलाई अँगालो हालेर रुन थालेकाे जानाएकाे छ। यसै क्रममा प्रधानाध्यापकाले विद्यार्थीको आँसु पुछिन् र सम्झाउने प्रयास गर्न थालिन्। यस दिन अभिभावकले प्रधानाध्यापकको सरुवाको विरोध समेत गरेका थिए। यस विद्यालयमा प्रधानाध्यापकको उपस्थितिले विद्यालयमा धेरै सुधार भएको अभिभावकहरुले बताएका छन्। विद्यार्थीले शिक्षा र खेलकुदमा धेरै अगाडि बढेका छन्। अभिभावकले प्रधानाध्यापकको सरुवा हुन नदिने बताएका छन्। जसका लागि बीडीओ कार्यालयमा ज्ञापनपत्र बुझाइनेछ।
विद्यालयका प्रधानाध्यापकले आफू सहायक शिक्षिका भएर विद्यालयमा आएको बताइन्। अहिले प्रधानाध्यापकको पदमा कार्यरत छन्। यसैबीच सरकारको सरुवा आदेश आएको छ। त्यो निर्देशन पालना गर्नुपर्छ। अरु प्रधानाध्यापक यहाँ आउनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *