५ वटा मोटरसाइकलसहित एकजना पक्राउ

मदारीहाट: मदारीहाट थाना पुलिसले ठूलो सफलता हात पारेको छ| गोप्य स्रोतबाट सूचना पाएपछि मदारीहाट थाना पुलिसले आइतबार बिहान मदारीहाट वीरपाडा ब्लकको शिशुबारी चौपती इलाकाबाट ५ वटा मोटरसाइकल बरामद गरेको छ भने एकजना युवकलाई पक्राउ गरेको छ| चियाबारी क्षेत्र र शिशुबारी साप्ताहिक हाटमा कहिलेकाहीँ मोटरसाइकल चोरी हुने गरेको पाइएको छ तर पछिल्लो समय मदारीहाट थाना पुलिस सक्रिय भएकाले चोरी निकै कम भएको छ तर बरामद मोटरसाइकलको वास्तविक मालिक भने खुल्न सकेको छैन|
थाना स्रोतअनुसार गोप्य स्रोतबाट सूचना पाएपछि शिशुबारी श्मशानस्थल क्षेत्रमा रहेको एक घरमा छापा मारेर ५ वटा मोटरसाइकल बरामद भएको छ भने एक युवकलाई पक्राउ गरिएको छ| शिशुबारी इलाकाबाट ५ वटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको मदारीहाट थाना प्रभारी गौरव हस्दाले बताए| तिनले आरोपीलाई अदालतमा पठाएर रिमान्डको निम्ति अपील गरिने तिनले बताए|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement