सिक्किम: सेवानिवृत्त शिक्षक एवं योग गुरु रामप्रसाद पौड्याल भाजपामा सामेल

n5872249981709132198666af54e332a496d00fa569d752e51177125c683282d753995af0a4921e39733a81.jpg

गान्तोक: पूर्व सिक्किमको खाम्दोङ-सिङ्ताम निर्वाचन क्षेत्रअन्तर्गत आरिटार, खाम्दोङबाट सेवानिवृत्त शिक्षक एवं पतञ्जली योग पीठसित जोड़िएर राज्यमा योग शिक्षालाई विस्तार गर्नमा योगदान दिइरहेका रामप्रसाद पौड्याल भारतीय जनता पार्टीमा सामेल भएका छन्।

प्रदेश भाजपा अध्यक्ष डीआर थापाको उपस्थितिमा आज पौड्यालले भाजपाको सदस्यता ग्रहण गरेका छन्।

प्रदेश भाजपाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, क्षेत्रमा पार्टीको विस्तार अनि आगामी चुनाउलाई मध्यनजर गर्दै पार्टीलाई बलियो बनाएर विकसित भारत एवं समृद्ध सिक्किमको सपनालाई पूरा गर्ने उद्देश्य लिएर भाजपामा सामेल हुनुहुने योग गुरूलाई पार्टी सगौरव स्वागत जनाउँदछ। उहाँ जस्तो व्यक्तिहरू भाजपासित जोड़िनाले पार्टीको गरिमा अझ बढ़ेर गएको छ।

विज्ञप्तिमा भनिएको छ, भारतीय जनता पार्टी, सिक्किम अहिले दिन प्रतिदिन समाजका बौद्धिक जमात एवं सचेतवर्गहरूको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। पार्टीमा दिन प्रतिदिन विभिन्न क्षेत्रमा योगदान पुऱ्याइरहेका प्रबुद्धजनहरूको प्रवेशले पार्टीलाई राज्यमा अझ व्यापक र सशक्त बनाउँदै गइरहेको छ।

भेटघाटको क्रममा पार्टीका प्रवक्ता डा. मीरा अङ्मु भोटिया, उत्तर जिल्ला अध्यक्ष टाशी अङ्डुप लेप्चा, मण्डल अध्यक्षद्वय अङ्दी पिञ्चो, प्रदीप छेत्रीलगायतका कार्यकर्ताहरूको पनि उपस्थिति रहेको बताइएको छ।

About Author

Advertisement