बंगाल: कलेजभेल्लीमा मोबाइल भ्यान सत्सङ्ग एवं मिशन एजुकेसन कार्यक्रम सम्पन्न

IMG-20240228-WA0185.jpg

सोनादा: मानव उत्थान सेवा समिति, दार्जिलिङ तहसीलको तत्वावधानमा एंव कलेजभेल्ली शाखाको आयोजनामा कलेजभेल्ली शुक्रबारे मुख्य सडकमा अवस्थित सत्यम शिवम सुन्दरम मन्दिर परिसरमा मोबाइल भ्यान सत्सङ्ग कार्यक्रम सम्पन्न गरियो। जुनेली ग्राम सुधार समितिबाट लेकमान राई, ग्राम उदय सेवा समितिबाट शमशेर राई तथा सत्यं शिवम् सुन्दरम् शिवालय समितिका सचिव प्रणित छेत्रीको प्रमुख उपस्थिति साथै स्थानीय ग्रामीणवासीहरु उपस्थित रहेका उक्त कार्यक्रममा दार्जीलिङ तहसीलकी सह प्रभारी महात्मा शैल बाईजीले सम्बोधन गर्दै भने, खानु, पिउनु, सुत्नु तथा सन्तानोत्पादन गर्न त तिर्यकयोनिमा पनि सहज रूपमा हुँदछ। ती पशु-पक्षीले सुन्दछ्न् तर मानवले झैं चिन्तन मनन गरेर भक्ति गर्न सक्षम हुँदैनन्।भगवानको भक्ति गरेर मुक्ति प्राप्त गर्न केवल मनुष्य मात्र सक्षम हुन्छन्। यसर्थ समयको सद्गुरुबाट आत्मज्ञान प्राप्त गरेर सेवा, सत्सङ्ग, ध्यान, दर्शन आदि गरेर कैवल्य प्राप्त गर्नु नै मानवको अन्तिम लक्ष्य हो। समितिका सह-सचिव चन्दन लकान्द्रीले पनि सत्सङ्गको महिमा साथै सद्गुरुको परिचय दिएका थिए। भक्ति संगीतको तर्फबाट इन्दिरा छेत्री, सागरमणि प्रधान अनि विवेक राईले वैराग्य चेतावनी भजन प्रस्तुत गरेको उक्त कार्यक्रममा कुमार योञ्जनले सञ्चालन तथा धन्यवाद ज्ञापन टक्र्याएपछि सत्सङ्ग समाप्त गरियो। त्यसपछि पुनः धोतरिया बालासन चियाबारीतर्फ अघिल्लो कार्यक्रमको निम्ति प्रस्थान गरेका थिए। धोतरिया बतासे टोलस्थित सार्वजनिक भवनमा पुगेर भजन कीर्तन, सत्सङ्गबाहेक केही विपन्न परिवारका नानीहरूलाई समितिको तर्फबाट केही पाठ्य-सामग्रीहरु जस्तै- ज्यामिति बाकस, खाता, पेन्सिल आदि वितरण गरेका थिए। यसभन्दा अघि शैल बाईजी साथै दार्जीलिङ तहसील सचिव भक्त लामाले सद्गुरु महिमा, आत्मज्ञानको औचित्य,भक्ति र भावना अनि समितिको उद्देश्य र कर्तव्य बारे सारगर्भित रूपमा जनाए। शाश्वत शान्ति तथा मोक्ष प्राप्त गर्नु नै जीवनको सार हो भनी आफ्नो सम्बोधनमा बताए। धनसेर प्रधानले प्रमुख अतिथिको आसनबाट बोल्दै भने, समितिको यस किसिमको आध्यात्मिक जन चेतना ल्याउने कार्यक्रम अनुकरणीय छ। भौतिक शिक्षाका अतिरिक्त धार्मिक नैतिक एवं आत्मिक ज्ञानको प्रचार-प्रसार हुनु समयको माग हो। समितिको यो कार्य सराहनीय छ भनी बताए। दिपक शर्माले सञ्चालन गरेको उक्त कार्यक्रम वन्दना गाइए पश्चात समापन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement