मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीको एउटा सभा स्थानिय ब्राञ्च कार्यालयमा ब्राञ्च अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भयो। सभामा विशेष रुपले मिरिक ब्लक कमिटीको अध्यक्षको रिक्त पदमा स्थानीय समीर तामाङलाई चयन गरेर मिरिक समष्टिले प्रेषण गरेको हुँदा ब्राञ्चले यसलाई मनोनित गरेको छ भने तामाङलाई खदामाला पहिराएर सम्मान जनाइयो साथै सौरेनी पानिघट्टा समष्टि र मिरिक समष्टिका सम्पूर्ण शाखा प्रशाखाहरुबाट पार्टीको कार्यक्रमहरुको वर्तमान रिपोर्ट प्रस्तुत गरियो। यस क्रममा सौरेनी पानीघट्टा समष्टिबाट दिपक गजमेर, मिरिक समष्टि अध्यक्ष प्रसित राई,एचपीडब्लुयु ब्राञ्च अध्यक्ष आरएस देवान, एसबी तुम्रोकले आ-आफ्नो वक्तव्य पेश गरे भने सौरेनी पानिघट्टा समष्टिबाट नव नियुक्त गोरायुमो कन्भेनर तारा राईले पनि युवाहरुलाई समेट्ने कुरो लिएर आफ्नो मन्तव्य पेश गरेका थिए। सभामा पार्टीले लिएको निर्णयलाई सर्वोपरी ठानेर र अध्यक्षको हात बलियो बनाउनु पर्ने कुरोलाई सर्वसम्मतिले पालन गर्ने प्रस्ताव ग्रहण गरियो। सभामा ब्राञ्च अध्यक्ष महेन्द्र खड्का, ब्राञ्च सचिव राजकुमार रिजाल, सौरेनी पानिघट्टा समष्टि अध्यक्ष कर्ण प्रधान, सचिव दिपक गजमेर, मिरिक समष्टि अध्यक्ष प्रसित राई, उपाध्यक्ष डीबी घिसिङ, एचपीडब्लुयु ब्रान्च अध्यक्ष आरएस देवान, गोरायुमो ब्रान्च अध्यक्ष रुचन राई, सौरेनी पानिघट्टा समष्टिका नवनियुक्त युवा कन्भेनर तारा राई, जीएनडब्लुओ मुरिक समष्टि अध्यक्षा विमला थुलुङ, केन्द्रिय कमिटी सदस्य जेबी लिम्बु, भुतपुर्व सैनिक संगठन केन्द्रिय उपाध्यक्ष समिर तामाङ, ब्रान्च सदस्यहरू एसबी तुम्रोक, सहदेव रनपहेली,अमिर थापा, पारस तामाङ लगायत सौरेनी पानिघट्टा समष्टि मिडिया प्रभारी एनबी लिम्बु र अन्य धेरै सदस्यहरुको उपस्थिति रहेको थियो।

ब्राञ्च कार्यालय सचिव सहदेव रनपहेलीले एउटा विज्ञप्ति मार्फत यो समाचारको जानकारी दिएका छन।