दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक विस्तारमा तीब्रता दिने क्रममा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत तुङसुङ मेरिबुङ समष्टिले आफ्नो भ्रातृ संगठन गोरानासं अनि गोरायुमो समष्टि कमिटी गठन गरेका छन्। समष्टि अध्यक्ष जेके राईको प्रमुख उपस्थितिमा तुङसुङ मखमली सार्वजनिक भवनमा बसेको सांगठनिक सभामा एचपीडब्ल्यु केन्द्रीय समिति सचिव धिरज राई, समष्टि कमिटी प्रतिनिधिवर्, भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको उपस्थिति रहेका थिए। यसै क्रममा गोरानासं समष्टि कमिटीको सभापति पदमा मन्दिरा थापा, उप सभापतिको पदमा जोस्ना लुम्बु अनि अजिला देवानलाई सर्वसहमतिले चयन गरिएका छन। सचिवमा अर्पिता राई, सह सचिवमा रञ्जना राईलाई चयन गरिएका छन्। त्यसरी नै कोषाध्यक्षामा रमला राई भने तीनजना प्रमुख सल्लाहकारहरुमा चन्द्र राई, सम्झाना राई अनि सन्ध्या राईलाई चयन गर्दै २५ जनाको कार्यकारिणी सदस्याहरु पनि चयन गरिएका छन्। यसै गरी गोरायुमो समष्टि कमिटीको अध्यक्ष पदमा शुनिल थापा, उपाध्यक्ष पदमा गणेश खवासलाई चयन गरिएका छन्। मूल सचिवमा सिद्धान्त प्रधान, सह सचिवमा रोहित राईलाई चयन गरिएका छन्। कोषाध्यक्षमा शुनिल थापा, प्रमुख सल्लाहकारहरुमा सन्दिप लिम्बु, बसुराज राई अनि दावा तामाङलाई चयन गर्दै १९ जना कार्यकारिणी सदस्यहरु चयन गरिएका छन्। नव गठित भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिवर्गलाई समष्टि अध्यक्ष जेके राई अनि एचपीडब्ल्यु केन्द्रीय समिति सचिव धिरज राईले खदा लगाएर बधाई अनि शुभकामना दिएका छन्।