आरएसपीको शाखा सम्मेलन

वीरपाडा: मदारीहाट वीरपाडा ब्लकको वीरपाडा पार्टी कार्यालयमा आइतबार आरएसपीको शाखा सम्मेलन भएको थियो| आज पार्टी कार्यालयमा वीरपाडा १ र वीरपारा २ क्षेत्रको शाखा सम्मेलन सम्पन्न भएको थियो भने प्रतिकूल मौसमको कारण पनि सम्मेलनमा लगभग सय भन्दा अधिक सदस्यको सहभागिता रहेको थियो| सम्मेलनमा उपस्थित सदस्यहरूले शिक्षक नियुक्ति भ्रष्टाचार, राज्यको शान्ति सुरक्षाको खस्कँदो अवस्था, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धि लगायतका विषयमा छलफल गर्नुका साथै आगामी दिनका लागि विभिन्न कार्यक्रम तय गरिएको थियो|
दुई शाखाका लागि दुई छुट्टाछुट्टै समिति गठन गरिएको छ भने वीरपाडा नम्बर १ क्षेत्रमा शाखा सचिवमा विश्वजित मण्डल सहित १७ सदस्यीय समिति गठन गरिएको छ भने वीरपाडा नम्बर २ क्षेत्रमा सी बी प्रधानलाई सचिव सहित १७ सदस्यीय समिति गठन गरिएको छ| सीबी प्रधानलाई सचिवमा १७ सदस्यीय शाखा समिति गठन गर्नुका साथै जिल्ला कमिटी सदस्य गोपाल प्रधान, जिल्ला सचिव सुनिल वानिक लगायतका नेताहरूको उपस्थिति रहेको बताए|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement