बंगाल: रम्फू स्टेशनको शिलन्यासपछि बधाई दिँदै यसो भने…

IMG-20240228-WA0161

सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो भर्चुअल माध्यमबाट रम्फू स्टेशनको शिलन्यास गरेपछि यता दार्जीलिङमा हाम्रो पार्टीक अध्यक्ष तथा सभासद अजय एड्वर्ड्सले यसलाई सिक्किम अनि सिक्किमे जनताका लागि यो एउटा ठुलो कुरा रहेको बताएका छन्l उनले सिक्किम अनि सिक्किमे जनतालाई बधाई जनाएका छन्। उनले प्रेस विज्ञप्ति गरेर यसो भनेका छन्, ‘हाम्रो भूभाग, हाम्रो क्षेत्र, अनि हाम्रो जातिको सन्दर्भमा हेर्नु पर्दा म निराशाको‌ भवना र सोचँमा डुबेको छु। हाम्रो जाति र हाम्रो क्षेत्रलाई देश र राज्य दुवैले किन भेदभाव गर्ने गर्दछ? किन सधैं हाम्रो जनता र हाम्रो क्षेत्रको विकासलाई अनि मागहरुलाई अनदेखा गर्छ? जब म टिस्टा क्षेत्रमा जान्छु, म हाम्रा जनताको लागि दुःखि हुने गर्दछु। टिस्टा पारि अनि सुकुना उता धेरै विकास भइरहेको देख्छु, तर हाम्रो क्षेत्रमा चाहिँ ‘वि‌कास’ केवल भाषामा मात्र सिमित देख्छुl’

आफ्नो टिमले खोजी गरेको बताउँदै उनले भनेका छन्, ‘टिस्टाको तल्लो बाँध तीन र चारबाट लगभग ६ सय करोड रुपियाँ राज्यको कोषमा जाँदो रहेछ भन्ने कुरा पत्तो लाग्यो, तर त्यहाँबाट स्थानीयवासीले केही फाइदा पाउँदैनन्। अर्कोतर्फ, सिक्किममा टिस्टाको बाँधबाट स्थानीयवासीले पूर्ण रूपमा लाभ उठाइरहेका छन्l टिस्टाको बाढजस्ता प्रकोप आइपर्दा पनि एनएचपी जस्ता संस्थाले हाम्रो मान्छेलाई केही दिँदैनन्l’ राजनीतिक नेताहरुको फुक्का ‌आश्वासन‌हरूले जनता थाकिसकेको उनले बताएका छन्। ‘मलाई ठूला ठूला करोडौं रुपियाँको परियोजनाहरू मतलब छैन जबकि हाम्रो मानिसहरूलाई अवहेलित गरिरहेका छन्। गोर्खा जातिले यस्तो के गरेका थिए र गर्दैछन् कि भारतको समृद्धिबाट र संवैधानिक न्यायबाट हामीलाई अहिलेसम्म वञ्चित राखेका छन्? हामीले के र कस्ता गल्ती गरेका छौं कि न राज्यले न त केन्द्र सरकारले हाम्रो वास्तै गर्दैनन्?’ यसरी उनले प्रश्न गरेका छन्l

About Author

Advertisement