नयाँ दिल्ली: असाधारण फर्ममा रहने युवा भारतीय ब्याटर यशस्वी जयसवालको आईसीसी टेस्ट ऱ्याङकिंग उत्थान जारी रहेको छ। देब्रे हातका यस ओपनरले आईसीसी टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा करियरको सर्वश्रेष्ठ १२औं स्थान हासिल गरेका छन्। जयसवालले आफ्नो ओपनिंग जोड़ीदार तथा भारतीय कप्तान रोहित शर्मालाई पनि पछि छोड़ेका छन्, जो एक स्थान झरेर १३औं स्थानमा रहेका छन्। ईंग्ल्याण्ड विरुद्ध जारी टेस्ट सीरीजमा जयसवाललाई विध्वंशी फर्ममा देखिएको छ अनि उनले अहिलेसम्म चारवटा टेस्टमा ६५५ रन बनाइसकेका छन्। यसरी उनी यस सीरीजमा सर्वाधिक रन बनाउने ब्याटर पनि हुन्। जयसवालले यस सीरीजमा दुईवटा दोहोरो शतक बनाइसकेका छन्। ईंग्ल्याण्ड विरुद्ध सीरीज शुरु हुन अघि जयसवाल ऱ्याङकिंगमा ६९औं स्थानमा रहेका थिए। ऱ्याङकिंगमा नोक्सान भए पनि विराट कोहली नवौं स्थानमा रहेका छन् अनि उनी भारतका सर्वोच्च ऱ्याङकिंग भएको टेस्ट ब्याटर हुन्। कोहली व्यक्तिगत कारणहरूले गर्दा सीरीजबाट हटेका छन्, जसले उनलाई ऱ्याङकिंगमा सामान्य नोक्सान भएको छ।
यसबीच भारतका युवा विकेटकीपर ब्याटर ध्रुव जुरेल पनि ३१ स्थानको सुधार गरी ६९औं स्थानमा पुगेका छन्। चौथो टेस्टमा प्लेयर अव् द म्याच रहने जुरेलले ९० र अविजित ३९ रनको महत्त्वपूर्ण ईनिंग्स खेलेका थिए। ईंग्ल्याण्डका पूर्व कप्तान जो रुट राँचमा अविजित १२२ रनको ईनिंग्सपछि शीर्ष तीनमा फर्किएका छन्। बलरहरूका ऱ्याङकिंगमा सीनियर स्पिनर रविचन्द्रन अश्विन शीर्ष स्थानमा रहने बुमराहभन्दा २१ पोइण्ट्स पछि रहन पुगेका छन्।