बंगाल: चुनावलाई लिएर खरसाङमा भागोप्रमोको सांगठनिक सभा सम्पन्न

IMG-20240228-WA0172.jpg

भाजपाले गरेको झूटको राजनीतिलाई यसपालीको चुनावमा जवाब दिनुपर्छ: सुवास प्रधान

खरसाङ: आगामी लोकसभा चुनावलाई लिएर आज खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमोको खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अध्यक्षता र महकुमा समितिको प्रवक्ता अनुप रामुदामुको सञ्चालनमा सम्पन्न भएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको तत्वावधानमा चुनाव प्रभारीहरू एंव भागोप्रमो खरसाङको केन्द्रीय समिति सदस्यहरू, महकुमा, समष्टि, टाउन कमिटीको अभिभावक, नारी शक्ति, युवा शक्ति, श्रमिक संगठन,साथै भातृ संगठनको पदाधिकारीवर्ग, क्षेत्रीय सभासदवर्ग, पञ्चायत अध्यक्ष, उपाध्यक्ष, पञ्चायत प्रधान, उप प्रधान, समिति सदस्यहलू सबैलाई लिएर सभा सम्पन्न गरियो। भागोप्रमो केन्द्रीय समितिका संस्थापक अध्यक्ष एवं केन्द्रीय समितिको निर्देश अनुसार गोर्खा जातिको एघारवटा जात-गोष्ठीहरूलाई केन्द्र सरकारले अनुसूचित जनजातिको मर्यादा प्रदान गर्न विलम्ब गरेकोमा “विरोध प्रदर्शन “एवं मिशन जागरण अभियान (यात्रा)सँगै आगमी लोकसभा चुनाव लिएर महकुमा स्तरीय चुनाव प्रभारीहरूलाई दायित्व दिएको महकुमा स्तरीय प्रभारी लिएर समष्टी, टाउन प्रतिनिधित्वलाई दायित्व एवं आगामी चुनाव लिएर भागोप्रमो पार्टीको जो पनि उमेरद्धवार रहने छन् उनलाई बिजय गराउन अहिलेदेखि नै लागि पर्ने एवं समष्टि -टाउनको घर-आँगनमा पुगेर जागरूक गराउने जानकारी गराइएको छ।

सभामा स्वागत सम्बोधन युवा शक्ति खरसाङ महकुमा समितिको सचिव विज्ञान मिश्रले राखेका थिए भने कार्यकारी सभासद एंव आरआर खण्डको चुनाव प्रभारी रतन थापा, खरसाङ महकुमा चुनाव प्रभारी बिन्नी शर्मा, खरसाङ खण्ड चुनाव प्रभारी प्रणाम रसाइली आदिले वक्तव्य राखेका थिए। सभामा सभाध्यक्ष एंव भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले वक्तव्य राख्दै केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा गरिएको मिशन जागरण र धरणा प्रदर्शन कार्यक्रमबीच आज खरसाङमा पार्टीको प्रतिनिधिहरूलाई लिएर चुनावक तयारीलाई महत्वपूर्ण सभा सम्पन्न गरिएको जानकारी गराएका छन्। उनले आफ्नो वक्तव्यमा चुनावको रणनीति तयार पार्न साथै यसपालीको चुनावमा भाजपाले गोर्खाहरूको लागि केही नगरेको र भाजपाले गरेको कुनै वाचा पूरा नगरेको आरोप लगाउँदै यसपालीको चुनावमा भाजपालाई जवाब दिनु पर्ने आह्वान् गरेका छन्। प्रधानले यसपालीको चुनावमा भाजपाले ढाँटको राजनीति गरेको अनि स्थायी राजनैतिक समाधान भनेर त्यसको कुनै अर्थ पनि बताएनन् अनि स्थायी राजनैतिक समाधान जनतालाई ढाट्ने बाहाना मात्रै रहेको अनि गोर्खाहरूको ११ जात गोष्ठीलाई जनजातिको मान्यता नदिएर ढाट्को राजनीति मात्र भाजपाले गरेको बताएका छन्। उनले भाजपाले केन्द्रीय विश्वविद्यालय पनि ल्याएन बरू राज्य सरकारले हिल युनिभर्सिटी दिएको अनि यसमा उप कुलपति दिनु नदिनु त केन्द्रको कुरा भन्दै हामीले राज्य सरकारसित मिलेर प्रशस्तै विकासको कार्य गरिरहेका छौं भनी बताएका छन्। सुवास प्रधानले यसपाली केन्द्रले नदिएको साथै सांसदले रोकेर राखेको सय दिने रोजगारको पैसा राज्य सरकारले भुक्तान गरिरहेका बताएका छन्।

उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement