सिक्किम: मुख्यमन्त्रीद्वारा डुगालाखामा १०० पलङ क्षमता भएको जिल्ला अस्पतालको आधारशिला

n58720483017091258832816a057d4423af30d5760a31f9d865fe7bf36b5ae6ca1831d50b5899507c72a878.jpg

पाकिम: मुख्यमन्त्री प्रेमसिंह तामाङले, पाकिम जिल्ला अन्तर्गत डुगालाखामा निर्माण गरिने १०० पलङ क्षमता भएको जिल्ला अस्पतालको निम्ति आज विधिवतरूपमा आधारशिला राखेका छन्।

यस अवसरमा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, क्षेत्र विधायक एवं नामित राज्यसभा सांसद डीटी लेप्चा, मन्त्री केएन लेप्चा, मन्त्री सञ्जीत खरेल, मन्त्री विष्णु कुमार खतिवडा, विधायक एम प्रसाद शर्मा, जिल्ला उपाध्यक्ष प्रभा प्रधान तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

आईपीआर विभाग अनुसार, प्रस्तावित जिल्ला अस्पताल कुल १,९८,२२१ वर्गफुट क्षेत्रमा निर्माण गरिने छ। यो अस्पताल सिक्किम सरकारको सामाजिक कल्याण विभागले भारत सरकारको अल्पसंख्यक मामिला मन्त्रालयको संयुक्त तत्वावधानमा निर्माण गर्नेछ। यस अस्पतालले सिक्किमका स्थानीय मानिसहरूका साथै छिमेकी क्षेत्रका बिरामीहरूलाई पनि लाभ पुग्ने बताइएको छ।

यस अस्पताललाई जिल्लाको निम्ति महत्वपूर्ण विकास मानिएको छ, कारण यसले जनतालाई राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नेछ भने राज्यमा स्वास्थ्य सेवाका पूर्वाधारहरू सुधार गर्ने दिशामा सरकारको प्रतिबद्धतालाई पनि झल्काउने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement