जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट: दोस्रो दिन महानदी र लिंकन क्लब सिपाहीधुरा बिजयी

IMG-20240228-WA0165.jpg

तीनधारे: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नवज्योति संघ चुनभट्टीको आयोजनामा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टको आज भएको खेलमा महानदी र लिंकन क्लब सिपाहीधुरा बिजयी बनेको छ। आज भएको पहिलो खेल महानदी ईलेभेन र सुकना ईलेभेनमाझ सम्पन्न भएको थियो। जसमा सुकनाले टस जितेर पहिला ब्याटिङ गर्दै सबै विकेट गुमाएर केवल ९४ रन मात्र बनाउन सकेको थियो। ९५ रनको लक्ष्यलाई महानदीले १९ ओभर ४ बलमा नै सजिलै हाँसिल गरेर खेल जितेको छ। त्यसरी नै आजको दोस्रो खेल रंगबुल ईलेभेन र लिंकन क्लब सिपाहीधुरामाझ सम्पन्न भएको थियो। यस खेलमा रंगबुल ईलेभेनले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १३३ रन बनाएको थियो भने लिंकन क्लब सिपाहीधुराले १२ ओभरमा नै लक्ष्यलाई हाँसिल गर्दै खेल जित्न सफल भएको छ।आजको खेलमा मुख्य अतिथिको रूपमा पञ्चायत समितिको कर्माध्यक्ष साजन दर्जी उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायतको उप प्रधान रञ्जित थापा उपस्थित थिए। अब भोलि हुने खेल नवज्योति संघ चुनभट्टी र भानु टोल खरसाङमाझ अनि अर्को खेल युवराज ईलेभेन र गाड़ीधुरामाझ हुनेछ। आजको खेल विषयमा आयोजक समितिको पक्षबाट शुभम प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्। यस जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट गत मंगलबारदेखि शुरु भएको छ जसमा जम्मा २० वटा टिमहरूले अंश ग्रहण गरेका छन्। यस खेलको अन्तिम फाइनल खेल आगामी १७ मार्चको दिन सम्पन्न हुने भएको छ। यस क्रिकेट टुर्नामेन्टमा बिजयी हुनेलाई ट्रफिसहित नगदराशि पचास हजार अनि उप विजेतालाई ट्रफिसहित नगदराशि तीस हजार प्रदान गरिने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *