शिलोङ: राज्य सरकारले अम्पतीमा अन्तर्राष्ट्रिय बहु खेल स्टेडियम निर्माण गर्ने निर्णय खारेज गरेमा यो प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो अपमान हुनेछ भनेि टीएमसीले मंगलबार दावी गरेको छ। बजेटको सामान्य छलफलमा भाग लिँदै, टिएमसीका मुकुल संगमाले २०१६मा प्रधानमन्त्रीले स्टेडियमको शिलान्यास गरेको स्मरण गराए।
स्टेडियमका लागि २२ एकड जग्गा उपलब्ध गराएको जानकारी दिँदै मुकुलले यो आयोजना केन्द्र सरकारको लगानीमा भइरहेको बताए। मोदीले अम्पतीमा स्टेडियमको शिलान्यास गर्दा मुकुल मुख्यमन्त्री थिए। यसअघि यो स्टेडियम न्यु शिलङ टाउनसिपमा नयाँ सभा भवन निर्माण भइरहेको ठाउँमा निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।