भानुभक्त आचार्यको सालिक अनावरण गरिने

photocollage_2022520211418724.jpg

बानरहाट: आज चमर्ची फरेस्ट बस्तीस्थित चमर्ची फरेस्ट बस्ती नेपाली प्राथमिक पाठशाला अनि भानुभक्त संघको संयुक्त आयोजनामा सभा सम्पन्न भयो| उक्त सभामा आउँदो २१ अगस्तको दिन नेपाली भाषा मान्यता दिवस साथसाथै भानुभक्त आचार्यको सालिक अनावरण गरिने बारेमा चर्चा गरियो| यसका साथै यस क्षेत्रमा रहेको एकमात्र नेपाली प्राथमिक विद्यालयको अपग्रेड गरिनु पर्ने विषयमा पनि चर्चा गरिएको थियो| उक्त सभामा स्कूल कृतपक्षबाट सुशील प्रधान, निरज छेत्री, अभिषेक छेत्री, प्रभात दर्नाल, प्रकाश छेत्री, उदय विश्वकर्मा, राजेश प्रधानलगायत अन्य उपस्थित रहेका थिए| 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement