बंगाल: माछा लुटपाट गर्नेहरूको घुइँचो?????

Capture4-15.png

अलीपुरद्वार: राष्ट्रीय राजमार्गमा माछा बोकेको एउटा ट्रक अनियन्त्रित भएर पल्टिँदा सडकभरि छरिएकाे माछा लुटपाट गर्न मानिसहरूकाे घुइँचो लगेकाे देखियो। उक्त घटना अलीपुरद्वार जिल्लाको मेन्दाबारी इलाका अन्तर्गत राष्ट्रीय राजमार्ग-३१ को हो। प्राप्त जानकारी अनुसार माछा बोकेको एउटा ट्रक आन्ध्र प्रदेशबाट असमतर्फ गइरहेको थियो। ट्रक मेन्दाबारी इलाकामा पुग्न साथ अनियन्त्रित भएर सडकको किनारमा पल्टियो। यसैबीच, ट्रकबाट धेरै मात्रामा माछाहरू सडकमा झरेपछि  ती माछाहरू लुटपाट गर्न भेला भएका सयाधिक मानिसहरू घटनास्थलमा तैछाड-मैछाड गरेको देखियो। अर्कोतिर, घटनाको सूचना पाउन साथ पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रित गऱ्यो। उक्त घटनामा ट्रक चालक र खलासी दुवै गम्भीर रूपमा घाइते भएका छन्।   

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *