गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहारका राज्यपाल फागु चौहानसँग पटनास्थित उनको सरकारी निवास राजभवनमा पुगेर सौहार्द्रपूर्ण भेट गरे। यस अवधि मुख्यमन्त्री तामाङसँग राज्यका शहरी विकास विभागीय मन्त्री अरुण उप्रेती, ऊर्जा एवं श्रम मन्त्री एम एन शेर्पा साथमा रहेका थिए।

जानकारी गराइन्छ, राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ बिहार चेम्बर अफ् कमर्स एण्ड इण्डस्ट्रिसद्वारा आयोजित बैठकमा भाग लिन शुक्रवार बेलुकी पटना पुगेका थिए। उक्त बैठकमा मुख्यमन्त्रीसँगै राज्यपाल गंगा प्रसादको पनि सहभागिता रहेको थियो। बैठकमा मुख्यमन्त्री तामाङले सिक्किम सरकारको औद्योगिक नीतिको ढाँचाबारे प्रकाश पार्दै बिहारबाट लगानीकर्ताहरूलाई आमन्त्रण गरे। उनले लगानीकर्ताहरूलाई सम्भवत सहयोग पुऱ्याउने वचन पनि दिएका छन्।