बगाल: बङ्ग्लादेशी युवक पक्राउ

0102f0d7-fadc-4371-a4a2-d0d47e7c2205-1024x576.jpg

सिलगढी: फूलबारी संलग्न अमाईदिघी सीमा इलाकाबाट अवैध रूपले भारतमा अनुप्रवेश गरेको आरोपमा एनजेपी थाना पुलिसले एकजना बङ्ग्लादेशीयुवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम मोहम्मद जसीमुद्दीन (२२) बताइएको छ। प्राप्त जानकारी अनुसार मंगलवार राति फुलबाड़ी अमाईदिघी इलाकामा एकजना युवकलाई स्थानीय मानिसहरूले संदिग्ध अवस्थामा घुमफिर गरिरहेको देखे। यसपछि पुलिसलाई यसबारे सूचना दिए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर युवकलाई पक्राउ गरे। उक्त पक्रा परेका युवकसित सोधखोज गर्दा तिनी बङ्ग्लादेशको ठाकुरगाँव निवासी रहेको थाहा लागेको छ। तिनी कामको खोजीमा बङ्ग्लादेशबाट भारतमा प्रवेश गरेका थिए। पक्रा पर्ने अनुप्रवेशकारी युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement