महाराष्ट्र: तीन महिनाको शिशु अपहरण एवं हत्याको मामिलामा किन्नरलाई फाँसीको सजाय

Court

मुम्बई: कोलाबा क्षेत्रबाट तीन महिनाको शिशु अपहरण गरी हत्या गरेको मामिलामा आरोपी किन्नर (तेस्रो लिंगी)लाई सेशन कोर्टले बुधबार फाँसीको सजाय सुनाएको छ। विशेष कोर्टकी न्यायाधीश अदिती कदमले यस मामिलालाई अति निर्मम अनि घृणित घटनाको रूपमा उल्लेख गरेकी छन्। मामिलाका आरोपी किन्नर पक्राउ गरिएदेखि नै जेलमा छ। कोलाबाको कफपरेड क्षेत्रमा सन् २०२१ मा आरोपी किन्नरले पहिला पीडित शिशुलाई आशीर्वाद दिएको थियो। त्यसपछि ८ जुलाई २०२१ मा किन्नरले शिशुलाई अपहरण गरी उसित घृणित कर्म गरेपछि उसको हत्या गरिदियो। हत्यापछि प्रमाण मेटाउनको लागि किन्नरले शिशुको शवलाई समुद्र किनार सुनसान ठाउँमा फालिदिएको थियो।

कफ परेड पुलिस स्टेशनको टीमले समुद्र किनारबाट शिशुको शव उद्धार गरेपछि अनुसन्धान शुरू गर्यो। अनुसन्धानको क्रममा किन्नरलाई पक्राउ गरिएको थियो। जाँचबुझमा आरोपीले पुलिसलाई बताएको थियो, उसले नानीको घरमा गएर शिशुलाई आशीर्वाद दिएको थियो अनि सट्टामा परिवारसित साडी, नरिवल र पैसाको माग गरेको थियो। तर परिवारले केही पनि नदिएको कारणले रिसको आवेगमा आएर उसले यस्तो काम गरेको थियो। सुनवाई अवधि कोर्टमा सरकारी वकिल राकेश तिवारीले यस मामिलालाई अत्यन्त घृणित मामिला बताउँदै आरोपीलाई फाँसीको सजाय दिने माग गरेका थिए। विशेष पोक्सो कोर्टकी न्यायधीस अदिति कदमले प्रमाणहरूको आधारमा यस मामिलालाई अति निर्मम मान्दै दोषी किन्नरलाई फाँसीको सजाय सुनाइन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement