सरम्सा: जन भरोसा सम्मेलनको तेस्रो तथा अन्तिम दिन आज सिक्किम सरकारले पाकिम, गान्तोक र मंगन जिल्लाका जनतालाई सरकारी सहुलियत वितरण गरेको छ। आज कूल १६ वटा निर्वाचन क्षेत्रका जनतालाई सहुलियत वितरण शुरु गरिएको छ।
अन्तिम दिनको पहिलो चरणमा रानीपुल नजिक सरम्सामा आयोजित जन भरोसा सम्मेलनबाट मुख्यमन्त्री पीएस तामाङले मंगन जिल्लाको जङ्गु, काबी-लुङ्चोक र लाचेन मंगनका जनतालाई सरकारी सहुलियत वितरण कार्यको शुरुवात गरे।
यसरी नै गान्तोक जिल्ला अन्तर्गत सिङ्ताम-खामदोङ, मार्ताम रुम्तेक, गान्तोक, स्यारी, बुर्तुक, अप्पर तादोङ, आरिथाङ र संघ निर्वाचन क्षेत्रका जनतालाई सहुलियत वितरण गरिएको छ। २६ फरवरीदेखि ग्राम विकास विभागले जन भरोसा सम्मेलन आयोजन शुरु गरेको थियो जसअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रबाट लगभग ५-५ मानिसहरूलाई विभिन्न प्रकारका सहयोग र सहुलियतको लागि चयनित गरिएको छ।