विश्वको पहिलो क्लोन तिब्बती भेडा उत्तर-पश्चिमी चीनको छिन्घाई प्रान्तमा जन्मिएको छ। ३.४ केजी तौल भएको क्लोन तिब्बती भेडा एकदमै स्वस्थ रहेको घोषणा गरिए छ। केन्द्रमा दुईवटा क्लोन तिब्बती भेडा जन्माइयो। क्लोनिङ प्रक्रिया नर्थवेस्ट एग्रीकल्चर एण्ड फोरेस्ट्री युनिभर्सिटी र सेन्टर फर एनिमल डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोलले मध्य छिङहाई प्रान्तको सिनिङ शहरमा संयुक्त रूपमा सुरु गरेको हो। चीनमा पहिलो पटक उच्च गुणस्तरको तिब्बती भेडाको आनुवंशिक स्रोतहरू जोगाउन सोमाटिक सेल क्लोनिङ विधि प्रयोग गरिएको छ। यो विधि कुशलतापूर्वक गुणस्तरीय तिब्बती भेडाहरू हुर्काउन प्रयोग गरिन्छ। नर्थवेस्ट एग्रीकल्चर एण्ड फोरेस्ट्री युनिभर्सिटीका प्राध्यापक प्रोफेसर सु जियानमिनले क्लोनिङ प्रविधिका कारण उच्च गुणस्तरको प्रजनन भेडाको आनुवंशिक जानकारी शतप्रतिशत नक्कल गर्न र तिनको आनुवंशिक स्रोतको पूर्ण उपयोग र विस्तार गर्न सकिने बताए।