आफ्नो १००औं टेस्टमा बेयरस्टोले उत्कृष्ट प्रदर्शन गर्ने आशामा प्रशिक्षक म्याककुलम

IMG-20240228-WA0149.jpg

नयाँ दिल्ली: राँची टेस्टमा निराशाजनक प्रदर्शनपछि पेस बलर ओली रबिन्सनको टेस्ट भविष्य खतरामा रहेको छ तर ईंग्ल्याण्डका मुख्य प्रशिक्षक ब्रेण्डन म्याककुलमलाई फराब फर्ममा रहने जनी बेयरस्टोले चाहिँ धर्मशालामा आफ्नो १००औं टेस्ट म्याचमा असाधारण प्रदर्शन गर्ने आशा रहेको छ। भारत विरुद्ध जारी टेस्ट सीरीजमा बेयरस्टोले ब्याटको साथ केही खास गरेर देखाउन सकेका छैनन्। गत चारवटा टेस्टको आठवटा ईनिंग्समा उनको सर्वोच्च स्कोर ३८ रन रहेको छ। ईंग्ल्याण्डले अगावै यो सीरीज गुमाइसकेको छ। म्याककुलमले बेयरस्टोको १००औं टेस्ट म्याचबारे भने, यो उनको निम्ति निक्कै भावनात्मक रहनेछ। जनीको कहानी सबैलाई थाहा छ। उनी भावुक छन् कारण यो एउटा महत्त्वपूर्ण उपलब्धि हुनेछ। आफ्नो प्रदर्शनसँग उनी स्वयं पनि हताश छन्।
राँची टेस्टमा रबिन्सनले पहिलो ईनिंग्समा १२ ओभर बलिंग गरेर कुनै सफलता हासिल गर्न सकेनन्। यसैकारण उनलाई दोस्रो ईनिंग्समा बलिंग गर्न दिइएन। म्याककुकमले स्पिनर शोएब बशीर र टम हार्टलेकी प्रशंसा गरे, जसले पहिलो चारवटा टेस्टमा जम्मा ३२ विकेट लिएका छन्। यसअघि ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले पनि सीरीज गुमाएको कारणहरूमाथि चर्चा गरेका थिए। स्टोक्सले भनेका थिए, सीरीजमा ३-१-ले पछि रहनु कसैलाई राम्रो लाग्दैन तर हामीले भारतलाई कड़ा चुनौती दियौं अनि मलाई यसमा गर्व छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement