बंगाल: सिमेन्ट बोकेको लरी दुर्घटनाग्रस्त

2872231d-6108-4f48-927f-e5b80d04f5ea-1.jpg

फूलबारी: मंगलवार अबेर राति फुलबाडी क्यानल रोड संलग्न फुलबारी दुई नम्बर ग्राम पञ्चायतको छोबाभिटा इलाकामा सिमेन्ट बोकेको एउटा लरी अनियन्त्रित भएर सडक किनारको गड्डामा पल्टियो। उक्त घटनामा चालक घाइते भएको छ। प्राप्त जानकारी अनुसार घटना पछि चालक लरीमा नै फँसेका थिए। पछि स्थानीय मानिसहरूले लरीमा फँसेका चालकलाई बाहिर निकाले। चालकलाई चोट लागेको बताइको छ। घटनाको सूचना पाएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुग्नको साथै दुर्घटनाग्रस्त लरीलाई आफ्नो नियन्त्रणामा लिइयो। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटको छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement