ब्राउन सुगर सहित दुई पक्राउ

गान्तोक: राज्यमा दिन प्रतिदिन ड्रग्सको धन्दामा बृद्धि भइरहेको छ। सिक्किम पुलिसले राज्य ड्रक्समुक्त बनाउन केही महिनादेखि अभियान शुरू गरेको छ। यसै क्रममा हिजो दक्षिण जिल्लाको मल्ली पुलिसले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ।पक्रा पर्ने आरोपी नाम्चीस्थित धम्बु डाँडा निवासी महम्द वासिम अन्सारी र महम्द सहिद अन्सारीकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीबाट पुलिसले ५.६५ ग्राम्स ब्राउन सुगर फेला पारेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपीद्वय एसके ०४-०६८४ वाहनमा सिलगढीदेखि आइरहेका थिए। पुलिसले शंकाको आधारमा मल्ली चेकपोस्टमा जाँच गर्दा आरोपीबाट ब्राउन सुगर फेलापारेपछि पक्राउ गरेको हो। आरोपीद्वय सोही बिहान सिलगढी गएका थिए।

About Author

Advertisement