राजगञ्ज: राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत लक्ष्मी जमदारगछ इलाकामा गत राति आगलागीमा एउटा घर जलेर खारानी भएको छ। तथापि, उक्त आगलागी काण्डमा कसैलाई कुनै प्रकारको मानवीय चोट-पटक नलागेको बताइएको छ। प्राप्त जानकारी अनुसार, मंगलवार राति लक्ष्मी जमदारगछ निवासी रवि रायको घर आगो लागेर जलेको बताइको छ। घटनाको समय रवि रायको छोरी अनि पत्नीले खाना बनाइरहेका थिए। तिनीहरूले अचानक भन्साकोठामा आगो लागेको देखे। यसपछि हो-हल्ला गर्दै परिजन अनि स्थानीय मानिसहरूले आगोलाई निभ्याउने प्रयास गरे। यसको साथै घटनाबारे पुलिसलाई जानकारी गराए पछि आमबाड़ी आउटपोस्ट पुलिस अनि फूलबारीबाट दमकलको एउटा इञ्जन पनि घटनास्थलमा आइपुग्यो। यसपछि अग्निशमन विभागको सहयोगमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। तथापि, उक्त आगलागीको घटनामा सर-सामानहरू लगायत भान्सा घर पूर्ण रूपमा जलेर स्वाहा भएको छ। आगो के कारणले लाग्यो भन्ने कुरा थाहा नलागेको पारिवारिक सूत्रले जनाएको छ।