नयाँ दिल्लीमा आर्य तारादेवीको पुजा सम्पन्न

IMG-20240228-WA0097

सिलगढी: देशको राजधानी नयाँ दिल्लीमा हिमालयन बौद्धहरुले अति विशिष्ट रुपमा पूजिने आर्य तारादेवी डोल्माको तेस्रो भव्य पूजा रुपमा आयोजना गरेको थियो। यसरी निरन्तर तेस्रोपल्ट  नयाँ दिल्लीमा गरिएको तारादेवी (डोल्मा) पूजा अनुष्ठान गर्न  संघको मूल धर्मगुरु अतः संस्थापक अध्यक्ष खेनचेन साङ्गे ल्होडो रिम्पोछे स्वयं उपस्थित थिएl उनको साथमा संघका केन्द्रीय महासचिव आचार्य साङ्गे छोपेल साथै अन्य लामागुरुहरु दिल्ली शाखाका धर्मगुरु घेनला राम लामा मोक्तान, जयगाउँबाट लामा सुमित मोक्तन, आनिला डोल्मा, रञ्जन लामा अनि दार्जीलिङ तकदाहबाट लामा छोपेल, नयाँ दिल्ली अवस्थित लाद्धाकी गुम्बाबाट घेनला झोम्बा दावाहरु उपस्थित थिए। 

यस धार्मिक कार्यक्रममा दिल्ली तथा एनसीआरमा बसोवास गर्ने भक्तजनहरुको वृहत उपस्थिति थियो भने दिल्लीका विभिन्न संघ-संस्थाका पदाधिकारी अतः अन्य विभिन्न गण्यमान्य व्यक्तित्वहरुले पनि यस पूजामा  उपस्थित थिए। बिहान खेन्चेन रेम्पोछे  साङ्गे ल्होडो ज्युको गुम्बा परिसरमा आगमनको समय  संस्थाका समग्र  सदस्यगण  साथै भक्तजनहरूद्वारा बाटोको दुवै किनारमा  उभिएर  खदामाला चडाई स्वागत गरी आफ्नो  ठि (आशन) सम्म पुर्याएपश्चात पूजा शुरूवात गरे। धर्मगुरु खेन्चेन साङ्गे ल्होडोद्वारा उपस्थित सम्पूर्ण भक्तजनहरुलाई डोल्मा  पूजाको महत्व एवं  आर्य तारा देवीको  (डोल्मादेवी)को पूजाबारे विस्तारसित प्रवचनद्वारा सबैलाई बताए। यसपछि खेन्चेन रेम्पोछेले वाङ् अभिषेक प्रदान गरे। कार्यक्रमको मुख्य आयोजक अखिल भारतीय महायाना बौद्ध म्हणिपा संघ दिल्ली शाखा भए पनि उक्त पूजामा दिल्लीमा रहनु हुने धेरै भक्तजनहरुले तथा संघसंस्थाहरुले विभिन्न रूपले धेरै सहयोग पुरयाउनु भएको थियो भनि शाखाका पूजा कमिटीद्वारा  जानकारी दिएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement