बंगाल: ट्यांकर पल्टेर आगो लाग्दा चालकको जलेरा मृत्यु

oil-tanker-overturns-in-kolkata-west-bengal-1024x640.jpg

कोलकाता: महानगर कोलकाताकाे सेन्ट्रल एभेन्यूको मुहम्मद अली पार्क नजिक आज बिहान एउटा तेलको ट्यांकर पल्टियो। ट्यांकर पल्टिनसाथ त्यसमा भएको तेलमा आगो लाग्यो। आगलागीको चपेटमा परेर चालकको मृत्यु भयो।

पुलिसले बताए आनुसार, सूचना पाएपछि दमकलका दुईवटा वाहन घटनास्थलमा पुग्यो, तर त्यसबेलासम्ममा आगो सड़क किनारमा अवस्थित घरसम्म फैलिसकेको थियो। आगलागी भएको क्षेत्र घना जनसंख्या भएको कारणले आगो फैलिने जोखिम बढ़ी थियो। हेर्दा-हेर्दै सम्पूर्ण क्षेत्र कालो धुँवाले भरियो। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै पछि थप आठवटा वाहनलाई घटनास्थलमा पठाइयो। कड़ा परिश्रमपछि दमकलकर्मीहरू बिहान ७ बजेसम्ममा आगोलाई नियन्त्रण गर्न सफल भए।

अग्निशमन विभाग अनुसार बुधवार बिहान लगभग ५ बजे धर्मतला तर्फ गइरहेको तेलको ट्यांकर अनियन्त्रित भएर पल्टिएको थियो। मृत चालकको पहिचान अहिले हुन सकेको छैन। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। मामिलाको जाँच शुरू गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *