सिक्किम: बियाड युवा साहित्यिक संस्थानको तेस्रो स्थापना दिवस

n5870839601709103960279e06b39ca4a361e6c095ea563586e977cde1dfa1862a34e3ef2c73a25d0338d0c.jpg

चिया गफ’ गाउँमा लोकार्पित, दीपा राई, प्रेम नेउपाने प्रहर र विशाल बास्तोला सम्मानित

पाकिम: बियाड युवा साहित्यिक संस्थान बिरिङ, पाकिमको तेस्रो स्थापना दिवस बिरिङ गाउँको स्थानीय बराल डाँडामा अवस्थित बियाड कार्यक्रम कक्षमा भव्य साहित्यिक कार्यक्रमका साथ सम्पन्न भयो।

कार्यक्रममा नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढङ्गेल अध्यक्षको रुपमा उपस्थित थिए भने मुख्य आतिथ्य पाकिम जिल्लाका जिल्लापाल तथा कवि टासी छोपेल लेप्चा रहेका थिए।

कार्यक्रममा सिक्किमका वरिष्ठ साहित्यकार प्रवीण राई जुमेली, साहित्य अध्येता ज्ञानेन्द्र अधिकारी, सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमका मुख्य समन्वयक सीएल दुलाल, स्थानीय पञ्चायत उप सभापति डीबी थापा, गायत्री खतिवडा, कृष्ण सुब्बा, चिया कविता सिक्किमका संयोजक कवि प्रवीण खालिङ, प्रथम पोयट आइडल नीलम गुरुङ, गान्तोकबाट आमन्त्रित वरिष्ठ कविहरू, स्थानीय कविहरू, बाल कविहरू र अन्य गन्यमान्य महानुभाव एवम् साहित्य अनुरागीको बाक्लो उपस्थिति रहेको थियो।

यही अवसरमा संस्थानले वार्षिक रुपमा प्रदान गरिने तीनवटा साहित्यिक सम्मान पनि अलङ्करण गऱ्यो। उसरी नै स्थानीय तीनजना समाज सेवक र एउटा सामाजिक संस्थालाई पनि उनीहरूको सामाजिक योगदानलाई कदर र मुल्याङ्कन गर्न अभिनन्दन पत्रद्वारा अभ्यर्थना जनायो।

बियाड युवा साहित्यिक संस्थानका चयन समितिद्वारा चयनित ती बियाड सम्मान प्रापकहरूमा बियाड बाल प्रतिभा सम्मान बाल कवि विशाल बाँस्तोला, आङ्कुचिन, बियाड शारदा सम्मान कवि तथा चित्रकार दीपा राई, गान्तोक, बियाड साहित्य सेवा सम्मान कवि तथा साहित्य साधक प्रेम नेउपाने ‘प्रहर’ राउते, रुम्तेक रहेका थिए।

यसपालीदेखि संस्थानले बियाड प्रतिबिम्ब सम्मान नामक नयाँ सम्मान विशेष गरेर पत्रकारहरूको अवदानलाई मुल्याङ्कन गर्ने ध्येयले प्रदान गरेको छ। बियाड प्रतिबिम्ब सम्मान- इस्लामपुर पश्चिम बङ्कालका वरिष्ठ कवि तथा पत्रकार सुशान्त नन्दीलाई प्रदान गऱ्यो।

यसरी नै संस्थानद्वारा यस वर्ष अभिनन्दन जनाइएका समाज सेवक एवम् संस्थाहरूमा वरिष्ठ समाज सेवक युसी खतिवडा, लोवर बिरिङ्ग, वरिष्ठ समाज सेवक एलडी अधिकारी, बिरिङ्ग केराबारी, बिरिङ्ग सुदुङलाखा पञ्चायत एकाइकी जिल्ला पञ्चायत सदस्या श्रीमती रञ्जना रसाइली, लोवर बिरिङ्ग रहेका छन्। समाजिक संस्था सम्मान भने वुमेन्स शोसल वर्कर्स ग्रुप, लोवर बिरिङ्गलाई प्रदान गरियो।

स्थानीय बिरिङ्ग माध्यमिक विद्यालयका अवकाशप्राप्त शिक्षिकाद्वय सुजाता खतिवडा र अरुणा सुब्बालाई पनि उनीहरूको योगदानको कदर गर्दै संस्थानले सम्मान जनाएको थियो। यस भव्य कार्यक्रममा स्थानीय कवि, बाल कवि र गान्तोक, पाकिम, माछोङ, रिनाक र पश्चिम सिक्किमका कविहरूले आआफ्ना कविता वाचन गरेका थिए। कार्यक्रमको विशेष आकर्षण प्रथम पोयट आइडल नीलम गरुङको दमदार कविता प्रस्तुति रहेको थियो।

अर्को विशेष आकर्षण कवि प्रवीण खालिङको नयाँ किताब चिया गफको गाउँले लोकार्पण रहेको थियो। उक्त किताबमाथि विवेचना कवि तथा समालोचक प्रवीण राई जुमेलीले राखेका थिए। कार्यक्रमको पर्यवेक्षण साहित्य अध्येता ज्ञानेन्द्र अधिकारीले खुबै रोचक ढङ्गमा प्रस्तुत गरेका थिए।

संस्थानको प्रमुख संयोजक युवा बराल अनन्तको स्वागत सम्बोधनबाट शुरु भएको कार्यक्रममा संस्थानको प्रतिवेदन हेमन्त गौतमले राखेका थिए। तुलसी घिमिरे कश्यपले संचालन गरेको उक्त कार्यक्रममा बिष्णु केसी, हेमन्त गौतम र पवन बाहुनले कविता पाठको कार्यक्रमलाई संचालन गरेका थिए भने प्रितम दुलालले धन्यवाद ज्ञापन गरेर कार्यक्रमको बिट मारेका थिए।

कार्यक्रममा कवि दावा योञ्जन, पुरण भण्डारी, लुइस विष्ट, गोपाल ढकाल, सन्तु राई पवन बाहुन, विष्णु केसी, पुजा छेत्री, जिवीका अश्रु, जीवन छेत्री तथा स्थानीय गाउँले र बाल कविहरूले पनि कविता सुनाएर गाउँमा कविता कार्यक्रमलाई सार्थक पारेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *