काेलकत्ता: ए२३-द्वारा सञ्चालित रुपे प्राइम भलिबल लीग सीजन-३-को १५औं म्याचमा काेलकत्ता थण्डरबोल्ट्सले आफ्नो पहिलो जीत हासिल गऱ्यो। मंगलवार यहाँको जवाहरलाल नेहरु इण्डोर स्टेडियममा खेलिएको म्याचमा काेलकत्ता थण्डरबोल्ट्सले कोच्चि ब्ल्यू स्पाइकर्सलाई ३-१ (१६-१४, १५-१४, ११-१५, १५-०५)-ले पराजित गऱ्यो। विजेता टीमबाट असाधारण प्रदर्शन गर्ने विनीत कुमारलाई प्लेयर अव् द म्याच चयन गरियो। अमित र विनीतले उत्कृष्ट प्रदर्शन गर्दै काेलकत्ता थण्डरबोल्ट्सलाई असल शुरुवात दिलाए। यसबीच सर्वमा गल्तीहरूले गर्दा दुवै टीले पोइण्ट्स पनि गुमाउनु पऱ्यो। पहिलो दुई सेटमा कोच्चिको टीमले असल चुनौती दिए पनि कलकत्ता थण्डरबोल्ट्सले निर्णायक क्षणहरूमा उत्कृष्ट प्रदर्शन गरेर दुवै सेट जित्यो। तेस्रो सेटमा जर्ज एण्टनी र सचिनले कोच्चि ब्ल्यू स्पाइकर्सको निम्ति असल प्रदर्शन गरे। यसरी ११-१५-ले तेस्रो सेट जितेर कोच्चि ब्ल्यू स्पाइकर्सले म्याचलाई रोचक बनाउने प्रयास गरे पनि काेलकत्ता थण्डरबोल्ट्सले चौथो सेटमा विपक्षी टीमलाई कुनै मौका दिएन। यसरी काेलकत्ता थण्डरबोल्ट्सले १५-०५-ले चौथो सेट सहित म्याच जित्यो।
रुपे प्राइम भलिबल लीग सीजन-३-को लाइव कवरेज सोनी स्पोर्ट्स टेन १ एसडी र एचडी, सोनी स्पोर्ट्स टेन ३ एसडी र एचडी (हिन्दी), सोनी स्पोर्ट्स टेन ४ एसडी र एचडी (तमिल र तेलुगु)-मा हेर्न सकिनेछ। म्याचहरू साँझ ६:३० बजीदेखि शुरु हुनेछ।