टेस्ट म्याच जित्न विराट, शमी, बुमराहको आवश्यकता नभएको युवाहरूले साबित गरेः गावस्कर

IMG-20240228-WA0125.jpg

नयाँ दिल्ली: भारतका महान ब्याटर सुनिल गावस्करको भनाइअनुसार, टेस्ट सीरीज जित्नको निम्ति विराट, बुमराह र शमीको आवश्यकता नरहेको भारतका युवा खेलाड़ीहरूले साबित गरेका छन्। ईंग्ल्याण्ड विरुद्ध जारी पाँचवटा टेस्ट म्याचको सीरीजमा भारत केही सीनियर खेलाड़ीहरू बिना खेलिरहेको छ। यी खेलाड़ीहरूका अनुपस्थितिमा युवा खेलाड़ीहरूले टीमको निम्ति उत्कृष्ट प्रदर्शन गरेका छन् अनि सीरीजमा भारतले ३-१-को अजेय बढ़त हासिल गरिसकेको छ। विराट कोहली निजी कारणहरूले गर्दा सीरीजबाट बाहिर छन् जबकि मोहम्मद शमी चोटसँग जुझिरहेका छन्। यी दुई बाहेक केएल राहुललाई पनि शुरुवाती टेस्टको अवधि चोट लागेको थियो। यसैकारण उनले लगातार ३ वटा टेस्ट खेलनन्। चौथो टेस्टमा बुमराहलाई आराम दिइएको थियो जबकि विशाखापट्टनममा भएको टेस्टमा चोटले गर्दा रविन्द्र जडेजा पनि खेलेका थिएनन्। यी सबै खेलाड़ीहरू नहुँदा युवा खेलाड़ीहरूले जिम्मेवारीको साथ असल प्रदर्शन गरे।
यसैकारण गावस्करले टेस्ट म्याच जित्न ठूलो नामको नभएर ठूलो मनको आवश्यकता रहेको बताए। उनले भने, भारतले सीरीज जितिसकेको छ अनि यो कुनै आश्चर्यको कुरा होइन। हामीले यसअघि अष्ट्रेलियामा पनि युवा खेलाड़ीहरूका साथ यस्तै गरेका थियौं। ठूलो नामहरू (विराट, शमी, बुमराह, राहुल)-ले मात्र भारतलाई टेस्ट म्याच जित्नदेखि रोक्न सक्दैन। टेस्ट म्याच जित्न ठूलो मनको आवश्यकता हुन्छ। तपाईंमा ठूलो मन रहे कसैले रोक्न सक्दैनन्। खेलाड़ीहरूमा देशको निम्ति खेल्ने सपना अनि पर्याप्त प्रतिभा रहे जीत निश्चित छ। गावस्करले युवा खेलाड़ीहरूका प्रशंसा गर्दै भने, यो रोमाञ्चक समय हो। यशस्वी जयसवाल, सरफराज खान र ध्रुव जुरेललाई टेस्ट क्रिकेट मन परेको छ। दक्षिण अफ्रिकामा सामान्य संघर्ष गर्नु परे पनि जयसवालले अहिलेसम्म धेरै रन बनाएका छन्। उनीसँग अलग तक्निक छ अनि सजिलै शट्हरू खेल्न सक्छन्। सरफराज एकजना स्ट्रीट स्मार्ट क्रिकेटर हुन्। ध्रुव शान्त स्वाभावका छन् अनि उनमा खेल प्रति जागरूकता रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement