रणजी टीममा सामेल भए अय्यर

IMG-20240227-WA0282.jpg

मुम्बई: भारतका मीडलअर्डर ब्याटर श्रेयस अय्यरलाई तमिलनाडु विरुद्ध २ मार्चदेखि शुरु हुने रणजी ट्रफी सेमिफाइनल म्याचको निम्ति मंगलवार मुम्बईको १६ सदस्यीय टीममा सामेल गरियो। बीकेसी ग्राउण्डमा बड़ौदा विरुद्ध क्वार्टर फाइनल म्याच ड्र-मा समाप्त भएपछि मुम्बईले सेमिफाइनलको निम्ति क्वालीफाई गऱ्यो। रणजी ट्रफीमा ४१ पल्टको च्याम्पियन मुम्बईले पहिलो ईनिंग्समा बढ़तको आधारमा सेमिफाइनलमा जीत हासिल गऱ्यो। निराशाजनक प्रदर्शन अनि ढाड़को समस्याहरूले गर्दा २९ वर्षीय अय्यरलाई ईंग्ल्याण्ड विरुद्ध अन्तिम तीनवटा टेस्ट म्याचको टीममा सामेल गरिएको थिएन। त्यसपछि अय्यर र अलराउण्डर शिवम दुबेले मुम्बईको निम्ति क्वार्टर फाइनल म्याचमा खेलेनन्। अय्यरको साथमा ईशान किशन महत्त्वपूर्ण रणजी म्याचबाट हटेपछि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले राष्ट्रिय टीमबाट खेल्ने खेलाड़ीहरूका निम्ति घरेलु क्रिकेट खेल्न अनिवार्य रहेको बताएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *