बगाल: राज्यमा मनरेगाबारे अर्थमन्त्रीको बयान

image-copy-2

कोलकाता: सत्तारुढ तृणमूल कांग्रेस सरकारले कोष रोकेको मुद्दामा भाजपा नेतृत्वको केन्द्र सरकारको आलोचना गरिरहेको बेला, केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार भनिन्, ‘बंगालमा ‘२५ लाख तिनीहरू नक्कली रोजगार कार्ड धरखारू हुन्। दिईएको पैसा करदाताको पैसा हो, निजी सम्पत्ति होइनl’ राज्य सरकारको आलोचना गर्दै उनले बंगालका जनता केन्द्रीय योजनाबाट वञ्चित भइरहेको बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिको लागि कुनै योजना रोकिरहेका छैनन्, तर केन्द्रीय योजनाहरू यहाँ बंगालमा पुगेका छैनन्। या त तपाईं केन्द्रीय योजनाहरूको लाभ गरिबहरूलाई दिनुहोस् वा केही राम्रो दिनुहोस्l’ उनले अझ भनिन्, ‘बंगालले कुनै समय देशका लागि उत्कृष्ट भूमिका खेलेको थियो। प्रतिव्यक्ति आयको आधारमा सन् १९६० मा बंगाल सबैभन्दा धनी राज्य थियो। १९९३-२००० मा बंगालको राष्ट्रिय औसत वृद्धि दर ५.५ प्रतिशत थियो र समग्र भारतको लागि यो ४.६ प्रतिशत थियो। सन् २०११ मा बंगालको दर ४.२ प्रतिशत र देशको दर ५.२ प्रतिशत थियोl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement