टेस्ट क्रिकेटरहरूका म्याच फीस बढ़ाउने बीसीसीआईको योजना

IMG-20240227-WA0270.jpg

नयाँ दिल्ली: खेलको सबैभन्दा लामो प्रारूपमा खेलाड़ीहरूलाई आकर्षित गर्न भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) -ले टेस्ट म्याचको निम्ति फीस बढ़ाउने विचार गरिरहेको छ। आईपीएलको निम्ति आफूलाई तयार राख्न धेरै सीनियर क्रिकेटरहरूले घरेलु रणजी ट्रफीमा खेलेनन्। त्यसपछि बीसीसीआई-ले कठोर कदम उठाउँदै घरेलु क्रिकेट नखेल्ने खेलाड़ीहरूलाई राष्ट्रिय टीममा स्थान नदिइने प्रावधान बनाउनको साथै टेस्ट खेलाड़ीहरू म्याच फीसमा बढ़ोत्तरी गर्ने विचार गरेको छ। भारतीय टेस्ट टीमले ईंग्ल्याण्ड विरुद्ध पाँचवटा टेस्ट म्याचको सीरीजमा ३-१ को अजेय बढ़त हासिल गयो। यसबीच खेलाड़ीहरूलाई निरन्तर प्रथम श्रेणीको क्रिकेट खेल्न उत्साहित गर्न बीसीसीआईले अतिरिक्त बोनसमाथि पनि काम गरिरहेको छ।
यसरी एकजना खेलाड़ीलाई एउटा सीजनमा सबै टेस्ट सीरीज खेल्दा पनि अतिरिक्त लाभ प्राप्त हुनेछ। अहिले बोर्डले प्रत्येक टेस्टको निम्ति खेलाड़ीहरूलाई म्याच फीसको रूपमा १५ लाख, वनडे म्याचको निम्ति ६ लाख रुपियाँ र टी२० अन्तर्राष्ट्रिय म्याचको निम्ति ३ लाख रुपियाँ गरेर म्याच फीस भुक्तान गर्छ। यसमा चाँडै बढ़ोत्तरी हुने सम्भावना छ। बीसीसीआईलाई यस्तो फसेला लिनको निम्ति ईशान किशन र श्रेयस अय्यर जस्ता खेलाड़ीहरूले वाध्य गरेको सूत्रले जानकारी दिएको छ। ईंग्ल्याण्ड विरुद्ध जारी टेस्ट सीरीजबाट बाहिर रहने श्रेयसले फिटनेस समस्याको बहाना बनाएर रणजी ट्रफीमा हिस्सा लिएनन् जबकि एनसीए-ले उनलाई फिट घोषित गरेको छ। यसरी दक्षिण अफ्रिकाबाट फर्किएपछि ईशानले पनि घरेलु क्रिकेट खेलेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement