सिक्किम: वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न प्रकारको प्रतियोगिता सम्पन्न

n58695022417090532348766917451e973b0be863999012ad0a06285bc5d9989d799c437c1eef05f97a6e59.jpg

सोरेङ: सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले आज रिजर्ब व्याङ्क अफ् इण्डियाद्वारा आयोजित वित्तीय साक्षरता सप्ताह अन्तर्गत सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रबाट मोबाइल भ्यानलाई झण्डा हल्लाएर प्रस्थान गराइन्।

सही शुरुवात गरौँ, आर्थिक रूपमा स्मार्ट बनौँ’ भन्ने नाराका साथ यो अभियानको उद्देश्य सर्वसाधारणमा वित्तीय शिक्षा सन्देश प्रवाह गर्ने, उनीहरूलाई जिम्मेवार वित्तीय आचरणमा संलग्न हुन सशक्त बनाउने, जानकारीमूलक वित्तीय निर्णयहरू लिने र वित्तीय सहयोग पुयाउनु रहेको छ।

यस अभियान अन्तर्गत अधिकतम पहुँच सुनिश्चित गर्न रिजर्ब ब्याङ्क अफ् इण्डियाले दृष्टिविहीन व्यक्तिहरूको लागि वित्तीय सामग्रीहरू ब्रेलमा छापेको छ। आजको यस कार्यक्रममा स्थानीय स्वयंसेवकद्वारा ब्रेल लिपिको प्रदर्शनी पनि गरिएको थियो।

वित्तीय साक्षरता सप्ताहको उपलक्ष्यमा आरबीआईले जिल्लाका विभिन्न विद्यालयमा नारा लेखन तथा पोस्टर बनाउने प्रतियोगिता आयोजना गरेको थियो। प्रत्येक विधाका विजेताहरूलाई जिल्लापाल द्वारा प्रमाणपत्र र पुरस्कार प्रदान प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement