सिक्किम: नाम्ची जिल्लाको आठवटा समष्ठीलाई लिएर जनता भरोसा सम्मेलन सम्पन्न

n58695022817090529971902d04682cb2aa5d52287be6663c952d7b59655edc3b1b5df200a5877ea4a8cc6f.jpg

एसकेएम पार्टीको सरकार गरीब जनतालाई हेर्ने सरकार होः मुख्यमन्त्री तामाङ

नाम्ची: एसकेएम सरकारद्वारा शुरू गरिएको जन भरोसा सम्मेलन अन्तर्गतआज नाम्ची जिल्लाको आठ वटा समस्टीलाई लिएर दुई ठाउँमा जन भरोसा सम्मेलन आयोजना गरियो,जसमा तिमी नाम्फिङ, याङगाङ राङ्गाङ, तुमिन लिङ्गी अनि बर्फुङ समष्ठीका जनताको निम्ति तिमी लामेटार मैदानमा अनि पोकलोक कमराङ, नाम्ची सिङ्गिथाङ, मल्ली अनि नामथाङ रातेपानी समष्टिको जनतालाई लिएर किताम खेल मैदानमा जन भरोसा सम्मेलन आयोजन भयो। यी दुई ठाउँमा आयोजित सम्मेलनमा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए। मुख्यमन्त्री तामाङले जनतालाई सरकारबाट प्राप्त हुने विभिन्न योजना अनि सहुलियतहरुको एलोटमेन्ट पत्र हस्तान्तरण गरे। यसमा आमा सशक्तिकरण योजना, आमा सहयोग योजना, घर मर्मात्ती, इन्भर्टर, जीसीआई सीट, जमीनको पर्चा, सिक्किम गरीब आवास योजना, सिक्किम सहरी आवास योजना अनि अन्य योजनाहरू रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले एक घर एक योजना अनुरुप काम गरिरहेको बताए। प्रत्येक घरलाई आवश्यकता अनुसारको सहुलियत दिइरहेको उनले बताए। उनले थप भने ‘सरकारबाट प्राप्त हुने सबै सुविधाहरु जनतालाई घरमानै पुर्याउने उद्देश्यले जन भरोसा सम्मेलन आयोजन गरिएको हो, बिपक्षले दलले भने झै यो जनता मेला पटक्कै होइन। अहिले सामाजिक सञ्जालमा विभिन्न कुरा गर्ने विपक्षको प्रवक्ताले उनको सरकार हुँदा के के काम भएको थियो हेर्नुपर्छ। यो नितान्त जनताले पाउने अधिकार हामीले जनतालाई घरमानै पुऱ्याउने अभियान हो। पूर्व सरकारले यसलाई विकास भन्ने गर्दथ्यो तर वर्तमान सरकारले सहुलियत अनि विकासमा पार्थक्य छुट्टाएको अवगत गराए।

गल्तीले नाम छुट्यो भने ढुक्क हुने पनि आग्रह गर्दै जसको नाम छुटेको छ तिनीहरूको नामाङकन गर्ने मुख्यमन्त्रीले पार्टीका कार्यकर्ताहरुलाई आदेश दिए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गरीबलाई हेर्ने सरकार हो। वर्तमान सरकारले गरिबको नानीलाई कसरी उच्च शिक्षा दिनु त्यसमा केन्द्रित छ तर पूर्व मुख्यमन्त्रीले गरीबको कोटामा आफ्नो नानीलाई कसरी पढाउनु भन्नेमा थियो भन्ने बताउदै उसले पदकोमा अरिश होइन तर गरीबको कोटा खाएकोमा हामीलाई आपत्ति रहेको बताए। यो सम्मेलन जनताले सरकारलाई अनि सरकारले जनतालाई भरोसा गर्ने सम्मेलन रहेको बताए। सिक्किमे जनताको हितमा आफूले गर्ने सबै काम समाप्त गरिसकेको अब जनता अनि कार्यकर्ताहरुको काम आइसकेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement