सिक्किम: सिक्किमका क्षेत्रीय राजनीतिक पार्टीहरू धारा ३७१एफ- का दुश्मन हुन्ः पासाङ शेर्पा

IMG-20240227-WA0277.jpg

गान्तोक:  सिक्किमका एक राजनीतिक-सामाजिक कार्यकर्ता पासाङ शेर्पा भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। राजधानीको टिबेट रोडस्थित पार्टी कार्यालयमा आज आयोजित भाजपा नारी मोर्चाको एक राज्यस्तरीय कार्यक्रममा उनी भाजपा सामेल भए।

उनीलगायत सामाजिक कार्यकर्ता साङ्गे ग्याछो भोटिया र उद्यमी उज्जवल प्रताप गहतराज पनि भाजपामा सामेल भएका छन्।

यसैगरी, आरिथाङ र अप्पर बुर्तुकबाट पनि धेरै संख्यामा मानिसहरू भाजपामा सामेल भए। प्रदेश भाजपा अध्यक्ष डीआर थापालगायत पार्टीका वरिष्ठ नेतृत्वहरूले सबैलाई खादा लगाइदिएर पार्टीमा स्वागत जनाए।

पासाङ शेर्पाले आफ्नो सम्बोधनको क्रममा आफु भाजपामा सामेल हुने निर्णय लिनुका कारणहरूमाथि प्रकाश पारेका थिए। उनले साल १९८० देखि २०२३ सम्म सिक्किम र सिक्किमका जनताको पक्षमा भाजपा सरकार र भाजपा नेतृत्वहरूले उठाएका कदमहरूको बारेमा जानकारी गराए। भाजपाले कहिल्यै पनि सिक्किमलाई प्राप्त संविधानको विशेष प्रावधान धारा ३७१एफ उड़ाउॅंछौं भनेर नभनेको बताउॅंदै भाजपाले धारा ३७१एफ र सिक्किमका पुराना कानूनहरूको सुरक्षाको निम्ति काम गर्दै आइरहेको उनले दाबी गरे।

उनले भाजपा एक स्पष्टवादी राजनीतिक दल रहेको आसय व्यक्त गर्दै भाजपाले धारा ३७० उड़ाउॅंछौ भनेको थियो र उड़ाएको पनि बताए। यसरी नै राम मन्दिर निर्माण गर्नेछौ भनेको थियो भने आज राम मन्दिर निर्माण गरेर देखाइदिएको उनले बताए। भाजपाले धारा ३७१एफ लाई अक्षुण्ण राख्ने अडान लिइसकेको हुॅंदा धारा ३७१एफ अथवा सिक्किमका पुराना कानूनहरूको संरक्षण भाजपाबाट हुनेछ भन्ने कुरामा आफु विश्वस्त रहेको उनले बताए।

आफ्नो सम्बोधनको क्रममा शेर्पाले राज्यका क्षेत्रीय राजनीतिक दलहरू विरूद्ध कड़ा प्रतिक्रिया व्यक्त गरे। उनले भाजपा होइन तर राज्यका क्षेत्रीय राजनीतिक दलहरू धारा ३७१एफ को दुश्मन रहेको आरोप लगाए। उनले क्षेत्रीय राजनीतिक दलहरूका स्वार्थ, लापरवाही, भ्रष्टाचार र बोल्न नसकेका कारण धारा ३७१एफ तरलीकरण भइरहेको छ भनी ठोकुवा गरे।

उनले लिम्बू तामाङको सीट आरक्षण, सिक्किमे नेपालीको गुमेको अधिकार, इनर लाइन परमिट आदि जस्ता अझै पनि जटिल मुद्दाहरूलाई सम्बोधित गरिनु पर्ने आवश्यकता रहेको बताए। उनले यी विषयहरूको समाधानको सम्भावना खोज्न आफु भाजपामा सामेल हुने निर्णय लिएको बताए। यसैगरी, सिक्किमलाई आज आत्महत्या, जुआ, नशालु पदार्थहरूको दुरुपयोग जस्ता विषयहरूले सताइरहेको छ भन्दै यी समस्याहरूको समाधान खोज्न आफु भाजपामा सामेल भएको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *