मिरिक: गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका २४ न.समष्टिका सभासद मिलेश राईले मंगलबारको दिन मिरिकस्थित हनुमान नगरदेखि चाँप डाढासम्मको डेढ किलोमिटर सडक निर्माणको शिलान्यास गरेका छन्। उक्त सडक परियोजना सन्तनब्बे लाखको लागत बनिने तय भएको छ। दीर्घकालदेखि यो सडकको अवस्था नाजुक रहेको तथा स्थानीयहरु मात्रै होइन तर मरमा अनि मिरिक बस्ती क्षेत्रका धेरै जनता प्रभावित बनिरहेका छन। यो सडक निर्माण भए बिधार्थी लगायत गाडी चालकहरुलाई राहत पुग्ने निश्चित छ। यस अवसरमा बोल्दै सभासद मिलेश राईले आफु निर्वाचित भएर काम गर्नको निम्ति आएको बताउँदै जनताले खटिएका कामहरु फत्ते गर्न प्रतिबद्धता प्रकट गरे। उनीले 35 बर्ष अघिदेखि लाचार अवस्थामा रहेको सडक पुन निर्माण हुनाले धेरै जनतालाई सुविधा हुने बताएका छन। उनीले हालको व्यावस्थाले पहाडमा अधुरो रहेका कार्यहरु पुरा गर्ने लक्ष्य राखेको भन्दै सडक अनि खानेपानी आपूर्ति गराउनतिर आफ्नो ध्यान रहेको बताए।

यस पहललाई सफल बनाउनको निम्ति सभासदले जिटिए प्रमुख अनित थापाप्रति आभार प्रकट गरे। अर्कोतिर स्थानीय नरेन्द्र गुरुङले सडक निर्माण भए सबैको निम्ति भलो हुनेमा आशावादी जताए। उनीले बेवास्ता गरिएको सडकलाई नयाँ रुप दिलाउन पहल गरेवापत सभासद मिलेश राईलाई कृतज्ञता जताए। शिलान्यास कार्यक्रमलाई हिल तृणमुल कंग्रेसका मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले गरेका थिए।