टीन्स फूटबल एकाडमी विजयी, सिंहमारी लायन्स क्लब र एडमायोराबीच म्याच ड्र

३१ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार भएको म्याचमा टीन्स फूटबल एकाडमीले जीत हासिल गऱ्यो। लेबोङको गोर्खा स्टेडियममा भएको म्याचमा टीन्स एफए-ले सेण्ट रोबर्ट्स हाई स्कूललाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट तेञ्जी शेर्पा र मयंक तामाङले २-२ गोल गरे। यसबाहेक राहुल छेत्री र साहिल राईले १-१ गोल गरे। यसरी नै सेण्ट रोबर्ट्स हाई स्कूलबाट पञ्चम तामाङ र रुपल लामाले १-१ गोल गरे। अब सोमवार खेलिने म्याचमा तरुण खेलकुद संघ र युनाइटेड रंगबुल फूटबल क्लबबीच भिड़न्त हुनेछ। यसरी नै सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगितामा सिंहमारी लायन्स क्लब र एडमायोरा इलेभेनबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। म्याचमा सिंहमारीबाट केशव दियाली र प्रणय गुरुङले गोल गरे। यसरी नै एडमायोराबाट प्रज्ञान थापाले २ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement